अस्वस्थ्यकर माछा–मासु खान बाध्य उपभोक्ता/सर्लाहीमा २० प्रतिशत भन्दा पनि कम माछामासु पसल र बधशाला मापदण्ड विपरीत संचालनमा
मनोज यादव---
सर्लाही ,असोज १८
सर्लाही जिल्लाको ग्रामिण क्षेत्रका बजारहरु व्यवस्थित हुन नसक्दा उपभोक्ताहरु फोहर तथा अस्वस्थ्यकर माछा-मासु खान बाध्य भएका छन् ।यहाँ बजारहरुमा मासु तथा माछा बिक्री बितरण गर्ने स्थानहरु व्यवस्थित नहुँदा यस्तो समस्या आएको उपभोक्ताहरुको गुनासो छ ।
गाउँघरका बजारमा खुल्ला अकाशमुनि सरसफाइ तथा न्युनतम मापदण्डको समेत पालना नगरी संचालन भएका त्यस्ता पसलहरुले गर्दा उपभोक्ताहरु अस्वास्थ्यकर मासु खान बाध्य भएका हुन ।खुल्ला रुपमा संचालित त्यस्ता पसलहरुमा झिंगा लागेको र माटो-धुलो मिसिएको माछा-मासु बिक्री हुने गरेको छ । बिक्रेताहरु मासु बिक्री गर्ने ठाउँमा नै खसी,कुखुरा काट्ने गरेका छन । सरोकारवाला निकायको आँखै अगाडी यस्ता कार्य भइरहेको देखेर पनि उनीहरूले यसमा खासै वास्ता गरेका छैनन् ।
माछा-मासु बिक्री गर्ने पसलका लागि सरकारले निश्चित मापदण्ड तोकेको छ ।सो अनुसार मासु पसलको भुँइमा मार्वल लगाएको पक्की हुनुपर्ने,पसलमा प्रयोगहुने भाँडाकुडा, मासु काट्ने औजार तथा पानी सफा हुनुपर्ने र फ्रिज हुनुपर्ने छ । तर यहाँ पसल तथा बधशालाहर मापदण्ड विपरीत संचालनमा रहेका छन । बधशाला संचालकले न्युनतम मापदण्ड समेत नअपनाइ मानव स्वास्थ्यसँग खेलवाड गर्दै आएको मलंगवा नगरपालिका वडा न-५ भाँडसरका शिक्षक कामेन्द्र महराले बताए ।
बजारको उचित व्यवस्थापन र सम्बन्धित निकायको ढिलासुस्तीका कारण माछा-मासु व्यापारीले मापदण्ड पुरा नगरी वर्षौंदेखि व्यवसाय गर्दै आएको मलंगवा नपा-७ का सुजित यादव बताउँछन् ।
सर्लाही जिल्ला सदरमुकाम मलंगवा, कौडेना, गोडैता,बरहथवा,सिसौट, खुटौना,गैर, हरिपुर,पर्सा, संग्रामपुर, बयलबास,लालबन्दी,हरिवन बजारका पसल तथा बधशालाहरु न्युनतम मापदण्ड पूरा नगरि संचालनमा रहेका छन् । ग्रामीण क्षेत्रका बजारहरुमा मात्र नभइ शहरी क्षेत्रमा समेत फोहर स्थानमा मासु माछा बिक्री गर्ने गरेको पाईन्छ ।
यस्ता पसल तथा बधशालाहरुको व्यवस्थापनको लागि स्थानीय तह तथा नियमन निकाय केही पहल नगरि मात्र मुकदर्शक बनेर स्वयं पनि अस्वस्थकर माछा-मासु खाएर बसेको स्थानीय उपभोक्ताले व्यङ्ग्य गरेका छन् ।अनुगमन गर्ने अधिकार पाएका जिल्ला पशु कार्यालय र स्थानीय तहको बेवास्ता र ढिलासुस्तीले गर्दा माछा-मासुको बजार व्यवस्थापन हुन नसकेको स्थानीयको गुनासो छ ।
जिल्लामा रहेका मात्र १० देखि १५ प्रतिशत पसल तथा बधशाला न्युनतम मापदण्ड पूरा गरि संचालनमा रहेका छन ।
No comments:
Post a Comment