सर्लाहीको कविलासी नगरपालिकामा सिके राउत नेतृत्वको जनमत पार्टीको प्रथम नगरअधिवेशन हुँदै
लोकतन्त्र समाचारदाता----
सर्लाही ,कात्तिक ११
सिके राउत नेतृत्वको जनमत पार्टीको प्रथम नगर अधिवेशन सर्लाहीको कबिलासी नगरपालिका वडा न-२ पिपरिया स्थित नयाँ बजारमा हुँदैछ ।
जनमत पार्टी कबिलासी नगर समितिको आयोजना हुन लागेको उक्त अधिवेशनमा प्रमुख अतिथिको रुपमा पार्टीका केन्द्रीय उप-महासचिव ई ईन्द्रजीत कुमार यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पहिलो पटक हुन गइरहेको सो अधिवेशनमा हजारौंको संख्यामा स्थानीय जनताहरु,सर्लाहीका विभिन्न नगर तथा गाउँ समितिका पार्टी प्रतिनिधिहरु , तथा स्वयंसेवकहरुको सहभागिता रहने पार्टीका युवा नेता निर्मल साहले जानकारी दिए ।
उनका अनुसार नगरधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
अधिवेशनमा सहभागी हुनका लागि कबिलासी नगर समितिले जिल्ला तथा जिल्ला बाहिरका पार्टी प्रतिनिधि तथा नेताहरूलाई निमन्त्रणा समेत पठाइ सकेको युवा नेता साहले जनाएको छ ।कार्यक्रम दिनको ११ बजेदेखि सुरु हुने जनाइएको छ।
No comments:
Post a Comment