Sunday, October 17, 2021

पुर्व मन्त्री मातृकाले गरे प्रजातन्त्र सेनानी हृदयनारायणको `साहित्य समाजका दर्पण है´नामक पुस्तकको विमोचन

 

Video पनि हेर्नुस् ....

मनोज यादव----

सर्लाही ,असोज ३१

    जनयुद्धको क्रममा देशमा घटित सम्पूर्ण घटनाको जिम्मेवार हामी र हाम्रो पार्टी रहेको

माओवादी नेता एवं पुर्व मन्त्री मातृका  यादवले  बताउनुभएको छ । पुराना प्रजातन्त्र सेनानी हृदय नारायण चौधरीद्वारा लिखित तथा प्रकाशित  ‘साहित्य समाजका दर्पण है’नामक पुस्तकको  शनिबार सर्लाहीको सदरमुकाम मलंगवास्थीत जिल्ला समन्वय समितिको सभाहलमा  विमोचन गर्दै सो कुरा बताउनुभएको हो।

     जनयुद्धमा लागेको ब्यक्ति भएकोले जतिपनि घटनाहरु भएका छन् त्यसको नैतिक रुपमा जिम्मेवार आफु रहेको उहाँले बताउनुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले  हाम्रो पार्टी (माओवादी) सरकारमा रहेको तर सरकार हाम्रो नरहेको उल्लेख गर्दै यस्तो भ्रममा नपर्न आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुसँग आग्रह समेत गर्नुभयो।

    विमोचित पुस्तकका लेखक तथा प्रकाशक सर्लाही पडरिया वडा न-१ निवासी  चौधरीले पुस्तकको बारेमा प्रकाश पार्दे यसमा झुठ ,फरेव,जाल,साजिश,बेइमानी ,पाखण्ड र अत्याचारीहरुको पर्दाफास गर्नुका साथै भगवान राम,कृष्ण,जिसस -क्राइस्ट,बुद्ध,महाविर,जुन्नैद,लाओत्से,आइन्सटाइन,लालबहादुर शास्त्री,लक्ष्मी प्रसाद देवकोटा लगायतको चर्चा समेत गरिएको उहाँले जानकारी गराउनुभयो ।उहाँले यस पुस्तक मार्फत भ्रष्टाचार र त्यसको निदानकोलागि नयाँ  बाटो देखाउनु भएको छ ।

   बि.स २०३६ सालको जनक्रान्तीमा सक्रिय भूमिका खेल्नु भएका चौधरीले यस पुस्तक मार्फत सामाजिक ,राजनीतिक , धार्मिक तथा राजनीतिक घटनाक्रमको विस्तृत रुपमा चर्चा गर्नुभएको छ ।

    चौधरीले यस पुस्तकलाई एक्काइसौं सताब्दीको लागि एउटा अविस्कारको रुपमा प्रस्तुत गरेको बताउनुभएको छ ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी,माओवादी नेता अच्युतम काफ्ले,पुर्व सर्लाही क्याम्पस प्रमुख कृष्णदेव यादव,पुर्व सभासद हलिमा खातुन सेखिन,उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष बिरेद्र साह,बारएसोसिएशन अध्यक्ष नरेश चौधरी,नागरिक समाज अध्यक्ष उग्रकान्त झा,नेपाल

मानवाधिकार संगठन अध्यक्ष रजनिकान्त झा,जनविकास समाजका

अध्यक्ष रामदेव ठाकुर, कानून

विद मदन राय,राम बदन साह,मोहन यादव,स्थानीय समाजसेवी कौशल सिंह, पत्रकार महासंघ नेपाल प्रदेश न-२ कोषाध्यक्ष अजित सिंह,

विनती चौधरी, रिपोर्टस क्लब नेपाल प्रदेश न-२ अध्यक्ष बख्तियार अली,शिक्षाप्रेमी रामचन्द्र महतो

,दयाकांत मिश्र,रमेश लाल कर्ण ,

गजेद्र प्रसाद गुप्ता,  आयोजक संस्था  होस्टे हैंसे का शीर्ष व्यक्तित्व विनय चौधरी ,मैथिली गायक सन्तोष कर्ण र पत्रकार  लगायतका अतिथिहरुको उपस्थिति रहेको कार्यक्रमका संचालक एवं शिक्षक जितेन्द्रलाल दासले जनाएको छ।

No comments:

Post a Comment