लोकतन्त्र समाचारदाता---
सर्लाही, कार्तिक ४
बेमौसमी वर्षाका कारण खेतमा काटेर भित्र्याउनको लागि राखिएका धानबालीमा ठुलो क्षति पुगेको छ ।सो क्षतिको विवरण संकलन गर्ने जिम्मेवारी संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश सरकारलाई दिएको छ । खेतमा पानीको सतह बढेर धानबाली डुबानमा परेपछि किसानहरुलाई ठुलो क्षति व्यहोर्नु परेको छ ।
प्रदेश सरकारले क्षतिको विवरण संकलन गरेर बुझाए पश्चात् पिडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक पहल थाल्ने मन्त्रालयले जनाएको छ ।
No comments:
Post a Comment