Saturday, October 2, 2021

चमेली माईको मन्दिरमा सेञ्चुरी बैंकले दिए धारा सहितको पानी टंकी

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,असोज १६

    सर्लाहीको नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत गम्हरिया र सलेमपुर नजिकै रहेको चमेली माई मन्दिरलाई सेञ्चुरी बैंक लि को शाखा कार्यालय मलंगवाले धारा सहितको पानी टंकी प्रदान  गरेको छ ।

     मन्दिरमा पुजा गर्न आउने दर्शानार्थीहरुलाई शुद्ध खाने पानी उपलब्ध गराउने उदेश्यले यस  बैक द्वारा संचालित  सामाजिक उत्तरदायित्व  कार्यक्रम मार्फत धारा सहितको पानी टंकी उक्त मन्दिर क्षेत्रमा जडान गरेको सेन्चुरी बैंक लि शाखा कार्यालय मलंगवाका शाखा प्रबन्धक राधेश्याम साहले बताउनुभयो   

 

     उक्त टंकी सनिबार मन्दिरका पुजारी ,दर्शनार्थी ,बैंकका कर्मचारी लगायत स्थानीयहरुको उपस्थितिमा जडान गरिएको छ ।  

No comments:

Post a Comment