Tuesday, October 5, 2021

सडक बीचका विधुत पोलहरुले दुर्घटना बढायो,दुर्घटनाको सम्पूर्ण जिम्मेवारी विधुत प्राधिकरणले लिनुपर्ने र क्षतिपूर्ति पनि दिनुपर्ने स्थानीयहरुको माग

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज १९

सडक बीचमा रहेका विधुतका पोलले सडक दुर्घटना बढाएको छ।

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-४ स्थित ढलान गरि बनाइएको पक्की सडकमा रहेको ट्रान्सर्फमर र पोलका कारण दिनदिनै दुर्घटना हुने गरेको स्थानीयहरुले बताएका छन् ।उक्त सडक भएर आवतजावत गर्ने साइकल,मोटरसाइकलहरु ट्रान्सर्फमर र पोलमा ठोक्किएर दुर्घटना हुने गरेका छन् ।सवारीसाधनहरु मात्र नभइ उक्त टोलका दर्जनौं बालबालिका तथा ठुला ब्यक्तिहरुका साथसाथै  पैदल यात्रुहरु गम्भीर घाइते भइसकेका छन् ।मंगलबार दिउँसो सोही टोलका एक बालक विद्यालयबाट घर फर्कने क्रममा मलंगवा नपा वडा न-४ स्थित राम दर्शन रायको घर नजिक सडकको बिचमा रहेको ट्रान्सर्फमर जडान गरिएको पोलमा ठोक्किएर घाइते भएको छ ।ट्रान्सर्फमरको पोलमा ठोक्किएर बालकको टाउको फुटेको निजका बुवा सिकिन्दर यादवले बताएको छ ।

सिकिन्दर यादवका घाइते छोरा 


   सडक बनाउने क्रममा पोलहरु नसारिदा हनाहकमा सवारीसाधन र पैदल यात्रुहरु ठोक्किएर दुर्घटनाको सिकार बन्ने गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।

    सडकका बीचमा रहेका पोल हटाउन मलंगवा नगरपालिकाको कार्यालयले ६ महिना पहिल्यै नै बिधुत प्राधिकरण कार्यालय मलंगवालाई पत्रचार गरिसकेको र सो कार्य बापत लाग्ने खर्च नगरपालिकाले प्राधिकरणको खातामा जम्मा गरिदिएको रकमबाट कट्टा गर्न भने पनि हालसम्म प्राधिकरणको मलंगवा वितरण केन्द्रका प्रमुख बिनोद यादवले पहल नगरेको सिकिन्दर यादवले आरोप लगाएका छन् ।

  प्राधिकरणको यस किसिमको लापरबाही मलंगवामा मात्र नभइ जिल्लाका अधिकांश ठाउँमा भएको देख्न सकिन्छ यादवले बताए ।नगरपालिका तथा गाउँपालिकाले सडक बनाएर आफ्नो जिम्मेवारी पूरा गरे पनि बनाइएका सडकको बिचमा परेका पोलहरु नसारेर बिधुत प्राधिकरणले आफ्नो लापरबाही तथा  गैरजिम्मेवारीपनको सबुत देखाएको भन्दै स्थानीयहरुले आक्रोश ब्यक्त गरेका छन् ।पोलमा ठोक्किएर हुने दुर्घटनाको सम्पूर्ण जिम्मेवारी प्राधिकरणले नै लिनुपर्ने साथै क्षतिपूर्ति पनि दिनुपर्ने उनीहरूले भनेका छन् ।

No comments:

Post a Comment