Sunday, October 3, 2021

मलंगवाका मैथिली गायक सन्तोष कर्ण पुर्व उपराष्टपति परमानन्द झा बाट सम्मानित

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,असोज १७

      सुमधुर स्वरका धनी सर्लाही जिल्लाको सदरमुकाम मलंगवा निवास मैथिली गायक सन्तोष कर्ण मैथिली गीत संगीतको क्षेत्रमा उत्कृष्ट योगदान गरे वापत नेपाल सरकारका प्रथम उपराष्ट्रपति परमानन्द झाबाट सम्मानित भएका छन् ।उनीसँगै मैथिली गायिका सुबैना सिंह पनि सम्मानित भएकी छिन् ।

    सनिवार मिथिला संस्कृति समाज नेपाल द्वारा  काठमाडौ स्थित तमो बुद्ध सेवा पार्टी प्यालेसमा सस्थाका अध्यक्ष बिरेन्द्र ठाकुरको अध्यक्षमा आयोजित एक कार्यक्रम बीच प्रमुख अतिथि पुर्व उपराष्टपति झाको हातबाट  मैथिली  गायक कर्ण  सम्मानित भएका हुन् ।सोही अवसरमा  प्रा.सँस्कृति बिद् डा राम दयाल राकेश द्वारा लिखित "कोरोना" नामक उपन्यासको समेत  बिमोचन गरिएको छ ।

     कार्यक्रममा विशिष्ट  अतिथि कवि  साहित्यकार रेखा यादब, जनकपुरधामका पुर्व मेयर बजरंग प्र.साह, बजरंग ठाकुर, सँस्कृति बिद् प्रा. डा राम दयाल राकेश, मैथिली भाषा साहित्य क्षेत्रका वशिष्ट व्यक्ति लगायत मैथिलीभाषी चलचित्रकर्मीहरुको उपस्थिति रहेको कार्यक्रमका संचालक गायिका अशु झाले जनाएको छ ।


No comments:

Post a Comment