Monday, October 18, 2021

पेस्तोलसहित एक युवक पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,कात्तिक १

      सामाजिक संजाल फेसबुकमा कमेन्ट गरेको विषयलाई लिएर गाउँ कै एक स्थानीय माथि  पेस्तोल निकालेर आक्रमण गर्न खोजेको एक युवक सर्लाहीको बलराबाट पक्राउ परेको छ ।

     प्रहरीले सनिवार बिहान भारतीय सीमासँग जोडिएको बलरा नगरपालिका वडा नं. ३ बस्ने  ३२ वर्षीय नवनित झा लाई एक थान पेस्तोल र त्यसमा प्रयोग हुने एक थान म्यागजिनसहित पक्राउ गरेको हो ।

   नवनितले घरमा राखिएको पेस्तोल निकालेर स्थानीय विनय झा माथि आक्रमण गर्न खोज्दा उनलाई आफूहरुले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

     सीमा प्रहरी चौकी बलराले झालाई पेस्तोल र म्यागजिनसहित नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवाको जिम्मा लगाएको छ । उनी उपर अनुसंधान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।

No comments:

Post a Comment