राजनीतिले नै कृषि क्षेत्रलाई बिगारेको छ: कृषि मन्त्री यादव
एस पी यादव---
काठमाडौ, कात्तिक १३
राजनीतिले नै कृषि क्षेत्रलाई बिगारेको कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले बताएका छन् ।
"हाम्रो पहल: उत्पादन र पोषणमा वृद्धि, पर्यावरण संरक्षण र जनजीविकामा समृद्धि" भन्ने नाराका साथ कृषि विभागले ४१ औं विश्व खाद्य दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो भनेका हुन । उनले पार्टी पिच्छै रहेका किसान संगठनहरुले किसानलाई विभाजित गरेको बताएका छन् । किसानको समृद्धि बिना कृषिमा आत्मनिर्भर हुन नसक्ने भन्दै सबैभन्दा पहिले किसानको समृद्धिमा जोड दिनुपर्ने मन्त्री यादवले बताए । उनले भने, सोही कारण बेमौसी वर्षाबाट प्रभावित किसानको लागि सरकारले पाँच अर्व रुपैयाँभन्दा बढीको राहत प्याकेज घोषणा गरेको उनले जानकारी गराए ।
No comments:
Post a Comment