Sunday, October 10, 2021

भारतिय पक्षको सहमतिपछि सर्लाहीको सिमा नाकाहरुबाट निजि सवारीसाधनहरु निर्वाध रुपमा संचालनमा

 Video पनि हेर्नुस् ...




....चाड पर्वको बेला ब्यापार बढ्ने भएपछि भारतिय व्यापारीहरु खुसी....


मनोज यादव---

सर्लाही,असोज २४ गते 

    कोरोना संक्रमण रोकथामका लागि बिगत डेढ वर्षदेखि बन्द रहेको सर्लाहीका सिमानाकाहरु हिजो (सनिवार)देखि संचालनमा आएको छ ।भारतिय पक्षले लगाएको बेरियर(ढाट) शुक्रवार साँझ ६ बजेबाट खोलेपछि सदरमुकाम मलंगवा तथा भारतीय बजार सोनवर्षा नाकामा  निजी सवारीसाधनहररु संचालनमा आएको हो ।

   केही दिन अघि नेपाल सरकारले सबै नाका खोल्ने निर्णय गरे पनि भारतिय सिमा सुरक्षाकर्मी  एस.एस.बीको अवरोधका कारण बन्द रहेको सर्लाहीका सीमानाका पूर्ण रुपमा खुला भए पछि  दुवै देशका नागरिकहरु कोभिड सुरक्षा सतर्कताको पालना गर्दै आवतजावत गर्न सक्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । 

   कोरोना संक्रमण रोकथामका लागि २०७६ चैत ११ देखि बन्द गरिएको नेपाल-भारत सिमानाकाबाट सवारीसाधनको आवतजावत खुला भएपछि सीमा क्षेत्रमा बसोबास दुवै देशका नागरिकलाई सहज भएको छ ।यसअघि  मुख्य नाका छेउछाउ,खेतको आली तथा विभिन्न चोरबाटो भएर पैदलयात्रा गर्नु पर्ने बाध्यता रहेको दुवै देशका नागरिकहरु मुख्य नाका भएरै साइकल, मोटरसाइकल, जिप, कार लगायतका सवारीसाधन लिएर आवतजावत गर्न पाएपछि खुसी भएका छन् ।

   सिमावर्ती क्षेत्रका नेपाली बासिन्दाहरु कुनै पनि समान किन्नुपर्दा छिमेकी देश भारतको सोनवर्षा, सितामढी,मेजरगंज जाने गरेका छन् । दैनिक उपभोग्य वस्तुहरु चिनी, खाने तेल, मरमसला, लत्ताकपडा लगायतका सामग्रीहरु किन्न भारतिय बजार नै  पुग्ने प्रवृत्तिका कारण नेपालतर्फका सीमावर्ती बजारमा ठूलो असर पर्ने गरेको छ  ।त्यही सामाग्री नेपालको बजारमा धेरै पैसा तिरेर महंगोमा किन्नु पर्ने बाध्यता रहेको सर्वसाधारण उपभोक्ताको भनाइ छ । भारतिय बजारमा सस्तोमा उपभोग्य वस्तु पाइन्छ भन्ने विश्वासले नेपाली उपभोक्ताहरु सीमावर्ती भारतीय बजारमा किनमेलका लागि आकर्षित हुने गरेका छन्। 

  यहाँका नागरिक खाद्यान्न,कपडा,मेसिनरी सामान, विभिन्न पूजा पर्व तथा विवाहका  सामानहरु भारतीय बजारमा खरिद गर्न जाने गरेका छन् । बिरामीहरुको उपचार गराउनु परेमा पनि अधिकांश नेपाली नागरिकहरु भारतकै ठुला सहरमा जाने गरेका छन् । दुवै तर्फ लगाइएको बेरियर खुलेर आवजजावत सुरु भएपछि आफुहरुलाई सहज भएको स्थानीयहरुले बताएका छन् ।

   ९० प्रतिशत ग्राहक नेपालीहरु नै रहेकाले सिमानाका बन्दका कारण विगत डेढ वर्षदेखि आफुहरुको व्यापार चौपट भएको भारतिय बजार सोनवर्षाका एक किराना ब्यापारीले बताए ।चाडवाडको बेलामा आएर सिमानाकामा निर्वाध रुपमा आवतजावत सुरु भएपछि आफुहरुको व्यापार बढ्ने भन्दै उनले ले खुसी व्यक्त गरेको छ।

    सिमानाका खुल्ला भए पछि सर्वसाधारण लगायत ब्यापारीहरुमा पनि खुशियाली छाएका छन । भारतका अधिकाशं ब्यापारी नेपाली ग्राहकको पर्खाइमा रहेको देखिन्छ । चाडपर्वको बेला  सिमानाका खुल्ला भएपछि अब हाम्रो पसल राम्रो सँग चल्ने भारतिय व्यापारीहरुले  बताएका छन ।

   भारतले पनि नाका खुला गरिसकेकोले  भारतीय सवारी साधनहरु नेपाल सरकारले जारी गरेको स्वास्थ्य मामदण्ड पूरा गरि आएको खण्डमा नियमानुसारको भन्सार राजश्व तिरेर नेपाल प्रवेश गर्न पाउने भएको जिल्ला भन्सार कार्यालय सर्लाहीका प्रमुख राजेश कुमार दत्तले बताए ।

 नाका खुलेसँगै दैनिक सयौं मानिसहरुलाई काम बिशेषले मलंगवा-सोनवर्षा पैदल आवतजावत गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । भारतीय सवारी साधनको प्रवेश शुरु भएसँगै होटेल तथा पर्यटन व्यवसायीलाई पनि राम्रो भएको छ ।

    जि.एस.टी का कारण धरैजसो सामाग्रीहरु भारतको भन्दा नेपाली बजार मै सस्तो पाउने भएकोले बोर्डर खुलेपनि नेपाली बजारमा खासै कुनै असर नपर्ने उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साहले बताएका छन् ।

* विरेेेेन्द्र साह-अध्यक्ष उवासंघ* 

    चाडपर्वको मुखमा सीमा नाका खुला भएपछि  स्थानीयवासीहरुलाई ठुलो राहत भएको छ ।दुवैतर्फका स्थानीयबासिन्दाहरु खुसी र उत्साहित भएका छन् । चाडपर्वमा कपडा, किराना लगायत आवश्यक सामान खरिद गर्न सर्लाहीका  अधिकांश नागरिक  सीमावर्ती बजारमा निर्भर रहँदै आएका छन् ।

No comments:

Post a Comment