Wednesday, October 6, 2021

"अपेक्षा फलको छैन सधैं कर्तव्य चिन्तन आहुती प्राणको दिने तिमीमा अभिनन्दन" भन्ने नाराका साथ ६६ औं प्रहरी दिवस मनाइयो/दिवसको अवसरमा जेष्ठ पुर्व प्रहरी, सहिद प्रहरी परिवार,उत्कृष्ट प्रहरी तथा सहयोगी ब्यक्तिहरु पुरस्कृत तथा सम्मानित

 




मनोज यादव---

सर्लाही,असोज २०

  देशभर सहित सर्लाहीमा पनि  ६६ औं  प्रहरी दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ। "अपेक्षा फलको छैन सधैं कर्तव्य चिन्तन आहुती प्राणको दिने तिमीमा अभिनन्दन"भन्ने मुल नाराका साथ सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको प्रमुख आतिथ्यमा सदरमुकाम  मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रमका बीच ६६ औं प्रहरी दिवस २०७८ सम्पन्न भएको छ।

    प्रहरी दिवसको अवसरमा प्रमुख अतिथि प्रजिअ महतोले जिल्ला प्रहरी कार्यालयको प्रांगणमा रहेको अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभएको छ । उहाँसँगै कार्यक्रममा सहभागी भएका प्रहरी संगठनका कर्मचारी,पूर्व प्रहरी कर्मचारी, विभिन्न निकायका प्रमुख, सहिद परिवारका सदस्य लगायत विभिन्न क्षेत्रका अतिथि महानुभावहरुले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ।

    उक्त दिवस मनाउने क्रममा प्रमुख अतिथि प्रजिअ महतोले ८५ वर्षभन्दा बढी उमेरका पुर्व प्रहरी प्रहरी सहायक निरिक्षक बुद्धि प्रसाद उपाध्यायलाई प्रदत्त कदर पत्रद्वारा सम्मान गर्नु भएको छ ।

    प्रहरी दिवस कै अवसरमा कर्तव्य पथमा अग्रसर रहँदा आफ्नो जीवनको आहुति दिने वीर, अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नु हुँदै प्रजिअ महतोले प्रहरी संगठनमा रहेर देशको विभिन्न ठाउँमा  देश र जनताको सेवा गर्ने क्रममा सदाहत भएका सर्लाही जिल्लाका ३१ जना सहिद प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ ।सोही अवसरमा  सेवानिवृत पूर्व प्रहरी कर्मचारीहरुलाई पनि खाँदा ओढाएर सम्मानित गरिएको छ ।



   ६६ औं प्रहरी दिवस २०७८ कै अवसरमा  उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पनि पुरस्कृत गरिएको छ ।पुरस्कृत हुनेहरुमा प्रहरी नायव उपरीक्षक(DSP)माधव प्रसाद बुढाथोकीसहित प्रहरी निरिक्षक वेद प्रसाद पौडेल,प्रहरी सहायक निरिक्षक  अर्जुन चौधरी,प्रहरी हवल्दार सुजित रायभर,प्रहरी हवल्दार जयराम महतो,प्रहरी जवान चतुरमान तामाङ र प्रहरी जवान अमित कुमार मिश्र रहेको कार्यक्रमका संचालक एवं प्रहरी निरिक्षक कृष्ण गिरीले जनाएको छ । प्रहरी कार्यमा  सहयोग पुर्याउने महिला अधिकारकर्मी बनिता कार्की,मलंगवा स्थित लक्ष्मी इन्टरप्राइजेज एण्ड जेनरल सप्लायर्सका संचालक सुवास कुमार गुप्ता लगायत ७ जना व्यक्तिहरुलाई पनि कदर

पत्र प्रदान गरेर सम्मानित गरिएको छ।

  समारोहमा प्रहरी उपरीक्षक संतोष सिंह राठौरले धन्यबाद ज्ञापन गर्नुहुँदै राष्ट्र निर्माणको यस महत्वपूर्ण क्षणमा सामाजिक रूपान्तरण र दिगो शान्ति कायम राख्न नेपाल प्रहरी सदैव तत्पर रहेको बताउनुभयो ।अपराध अनुसन्धानको कुनै पनि कसुरको शीघ्र अनुसन्धान र कसुरवालाको तत्काल पक्राउ गर्ने विषयमा नेपाल प्रहरी हरपल तत्पर  रहेको उहाँले बताउनुभयो ।



    कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसंधान सर्लाही प्रमुख दिलिप सिंह, नेपाली सेना श्री भैरवी दल गणका प्रमुख सेनानी अविशेक कार्की,जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयका प्रमुख,विभिन्न संघसंस्थाका प्रतिनिधि,सहिद प्रहरी परिवार,सेवानिवृत प्रहरी कर्मचारी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment