Friday, October 1, 2021

मलद्वारको अपरेशनका लागि समाजसेवी युवाहरु द्वारा दलित युवकलाई आर्थिक सहयोग प्रदान

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,असोज १५

    सर्लाहीको कौडेना गाउँपालिका वडा न-७  सक्रौलका एक आर्थिक रुपले अति विपन्न दलित संजय रामको ६ वर्षीय छोराको उपचारको लागि  सक्रिय सहयोगी समाज सेवा सर्लाहीले आर्थिक सहयोग प्रदान गरेको छ ।

  समाजसेवी युवाहरु मात्र सम्मलित उक्त  संस्थाले रामको छोराको मलद्वारको अपरेशनका लागि नगद रु ३० हजार आर्थिक सहयोग गरेको हो ।

    मलद्वार बाट दिशा गर्नुको सट्टा पेट बाट दिशा बाहिरिने समस्या रहेको पिडित रामको छोराको अपरेशनमा धेरै रकम खर्च लाग्ने भएकोले  लाग्ने खर्चमा केही थोरै भएपनि आर्थिक भार कम गराउने उदेश्यले सो रकम प्रदान गरेको सहयोगी संस्थाले बताएको छ ।बालकको अहिले काठमाडौ स्थित कान्तीबाल अस्पतालमा उपचार चलिरहेको सुजित यादवले जानकारी दिएको छ ।

   सक्रिय सहयोगी समाज सेवा सर्लाहीले यसअघि पनि आर्थिक रुपले अती विपन्न पिडित परिवारलाई सहयोग गरिसकेका छन् ।

No comments:

Post a Comment