Monday, October 18, 2021

देशमा राजनीतिक स्थिरता कायम गरि नेपालमा सम्वृद्धी र शान्ती ल्याउने गठबन्धन सरकारको प्राथमिकता रहेको छ - कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव

   



मनोज यादव---

सर्लाही ,कात्तिक १

   जनता समाजवादी पार्टी (जसपा)का नेता एवं नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री  महेन्द्र  राय यादवले देशमा राजनीतिक स्थिरता कायम गरि नेपालमा सम्वृद्धी र शान्ती ल्याउने गठबन्धन सरकारको प्राथमिकता रहेको बताउनुभएको छ।प्रेस मञ्च सर्लाहीले सोमबार सर्लाहीको सदरमुकाम मलंगवामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

    नेपालको संविधान र संसदलाई बचाउनको लागि विशेष परिस्थितिमा निर्माण भएको ५ दलको गठबन्धन सरकारको निति तथा कार्यक्रम   राजनीतिक स्थिरता कायम गरि नेपाली जनताको सबै समस्याको हल गर्ने प्राथमिकतामा रहेको मन्त्री यादवले बताउनुभयो ।यसको साथसाथै देशमा भएका विभिन्न आन्दोलनबाट प्राप्त  उपलब्धिहरुको रक्षा  ,संविधानमा भएका उपलब्धिहरुको रक्षा   नागरिकताका विषयहरु,सुशासनका सवालहरु लगायत देशका  विभिन्न समस्याहरुलाई राष्ट्र  सहमतिको आधारमा मुलुकलाई निकाश दिने ,ध्वस्त भइसकेको अर्थ व्यवस्थालाई सुदृढीकरण गर्ने सरकारको प्राथमिकतामा रहेको उहाँले पत्रकारहरुलाई जानकारी गराउनुभयो।

    कोभिड-१९ तथा बाढी पहिरोका कारण आर्थिक रुपमा  क्षति बेहोरेका नेपाली जनतालाई प्राथमिकतामा राख्दै यही चैत्र मसान्तसम्म सम्पूर्ण नेपाली जनतालाई पुनर्स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

    निर्वाचन नजदिक आइसकेको अवस्थामा प्रतिपक्ष द्वारा संसद अवरुद्ध हुँदै आएकोले चुनाव गराउने परिस्थिति अगाडी बढी रहेको छैन उनले भने ।प्रतिपक्षले गरेको  संसद अवरुद्धका कारण धेरै कानुनहरु बनाउन बाँकी रहेको छ ।सम्वादबाट समस्यालाई हल गर्ने संसदीय परम्परा रहेपनि एमालेबाट अवरुद्ध भएको संसद खोलाउने कुनै अवस्था नदेखिएको मन्त्री यादवले पत्रकारहरुसँग भन्नुभयो ।वार्ता र सम्वादको लागि प्रयासहरु भइरहेको उहाँले बताउनुभयो ।

    मलंगवा स्थित महेन्द्र होटलको सभाहलमा आयोजित कार्यक्रममा उपस्थित पत्रकारहरुले राष्ट्र गौरवको योजना हुलाकी राजमार्गको निर्माणमा भइरहेको ढिलाई, उखु किसानहरुको भुक्तानीको समस्या ,बिउबिजन तथा मल खाधको समस्या लगायतका विषयहरुमा समेत मन्त्री यादवलाई जानकारी गराएका थिए ।ती समस्याहरुको समाधान गर्न ५ दलको गठबन्धन सरकार तयार रहेको उहाँले जानकारी गराउनुभयो ।

     कार्यक्रममा पत्रकारहरु सहित  जसपा का जिल्ला स्तरीय नेताहरुको समेत उपस्थिति रहेको थियो ।

    सपथ ग्रहण गरे लगत्तै गृह जिल्ला सर्लाही आउनुभएका नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री यादव आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न स्थानीय तहहरुमा भ्रमण गरि त्यहाँका जनताहरुको समस्याको बारेमा जानकारी लिनुका साथै विभिन्न पार्टी परित्याग गरि आएका सयौं कार्यकर्ताहरुलाई स्वागत गर्दै जसपा मा पार्टी प्रवेश गराउनु भएको पार्टीले जानकारी गराएको छ ।






No comments:

Post a Comment