Saturday, October 2, 2021

बोर्डिङ स्कुलका विद्यार्थीहरुले आफ्नो खाजा खर्च बचाएर विपन्न तथा टुहुरा बालबालिकालाई शैक्षिक समाग्री बाँडे





लोकतन्त्र समाचारदाता----

सर्लाही ,असोज १६

     सर्लाहीको विभिन्न  बोर्डिङ स्कुलमा अध्यनरत विद्यार्थीहरुले आफ्नो एकदिनको खाजा खर्च बचाएर विपन्न तथा टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।  

       उनीहरुले कार्यक्रमका आयोजक संस्था बाल कल्याण समाज रामनगरले  कौडेना गाउँपालिका क्षेत्र भित्रका विभिन्न वडाबाट छनौट गरेका १७ जना विपन्न तथा टुहुरा बालबालिकाहरुलाई  एकदिनको खाजा खर्च वापतको रकम बचाएर जम्मा पारेको रकमबाट  शैक्षिक सामाग्रीहरु  खरिद गरि वितरण गरेका छन् ।  सनिवार कौडेना गाउँपालिका वडा न-३ स्थित स्योर सक्सेस बोर्डिङ स्कुलको प्रांगणमा आयोजक संस्थाका अध्यक्ष श्याम सुन्दर रायको सभापतित्व तथा गाउँपालिका अध्यक्ष राम प्रसाद राय यादवको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा प्रति बालबालिका १० थान काँपी, १० थान डट पेन, १ थान औजार बक्स, १ थान कलर सेट र १ थान पिक्चर डिक्सनरी वितरण गरिएको आयोजकले जनाएको छ ।

    मदर ल्याण्ड बोर्डिङ स्कुल गोडैता,स्योर सक्सेस बोर्डिङ स्कुल गोडैता,बेणी भोला मावि गोडैता,गुडलक बोर्डिङ स्कुल भाँडसर,ब्लु स्काई बो.स्कुल खुटौना,पद्मरत्न स्कुल मलंगवा तथा न्यु मोडेल स्कुल मलंगवाका विद्यार्थीहरु साथै सुन्दरपुर निवासी मुस्ताकले संकलन गरेको रकमबाट उक्त शैक्षिक सामाग्रीहरु वितरण गरेका हुन ।

   कार्यक्रममा कौडेना गापा वडा न-३ का वडा अध्यक्ष प्रभु चौधरी , आयोजक संस्थाका कोषाध्यक्ष   रबिन्द्र मण्डल ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ ( NNDSWO) सर्लाहीका अध्यक्ष राजेश पासवान , इन्सेक जिल्ला सर्लाही   प्रतिनिधि  बुधन साह , प्रहरी चौकी कौडेनाका इन्चार्ज प्र.ना.नि चन्देश्वर सिंह लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

      

No comments:

Post a Comment