Friday, October 1, 2021

‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत हरिपुरमा साइकल साइकल वितरण

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,असोज १५

    प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिकामा साइकल वितरण गरिएको छ ।

     विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री उदयनारायण चौधरीको अध्यक्षता तथा संघीय सांसद प्रमोद साहको प्रमुख आतिथ्यतामा नमुना विद्यालय श्री महावीर जनता माध्यमिक विद्यालय हरिपुरद्वारा आयोजित कार्यक्रमका बिच उक्त  विद्यालयमा नियमित पढन जाने कक्षा ८ मा अध्ययनरत ७२ जना  छात्रालाई साइकल वितरण गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

    बिहिवार बिहान विद्यालयको प्रांगणमा आयोजना भएको कार्यक्रममा प्रदेश सांसद  बेची लुङ्गेली,  निरा कुमारी साह, संविधान सभा सदस्य  राम चन्द्र चौधरी, प्र.अ. अमृत लाल मोक्तान,विभिन्न पार्टी प्रतिनिधि, विद्यालय व्यावस्थापन समिती सदस्यहरु, शिक्षक, विधार्थी अभिभावकहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment