Saturday, October 16, 2021

नेपाली काङ्ग्रेस र माओवादी (केन्द्र) पार्टी छाडेर सर्लाहीका सयौं कार्यकर्ताहरु जसपामा प्रवेश गरे




एसपी यादव---

सर्लाही, असोज ३० 

     सर्लाहीका सयौं कार्यकर्ताहरु नेपाली काँग्रेस र माओवादी(केन्द्र) पार्टी परित्याग गरि एकैसाथ जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।उनीहरू आज(सनिवार)जिल्लाको  चन्द्रनगर गाउँपालिका वडा न- ४, पोखरियामा   जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आयोजना गरेको  कार्यक्रमका बीच नेपाली काँग्रेस र  माओवादी(केन्द्र) पार्टी छाडेर जसपामा प्रवेश गरेका हुन । 

   नव प्रवेशी कार्यकर्ताहरुलाई संघीय सरकारका  कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले फुलमाला र अबिर लगाएर स्वागत तथा बधाई दिंदै  पार्टी प्रवेश गराएका छन् । 

    चन्द्रनगर गाउँपालिका जसपा पार्टीका अध्यक्ष अजय महतोको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री यादवले  सर्लाहीको निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रति आम जनताको लहर बढ्दै गएको  बताए । अब जसपा देश्मा ठुलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने उनले  दावी गरे ।

     कार्यक्रमकै अवसरमा  मन्त्री यादवले हरेक नेपालीको घर आँगनमा आउन लागेको  शुभ दिपावली एवं छठ पर्वको अवसरमा पार्टीका नेता तथा कार्यकर्ता एवं उपस्थित सम्पुर्ण जनसमुदायमा सुख, शान्ति, सु-स्वास्थ्य तथा समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेका थिए ।

  मन्त्री यादव सर्लाही निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाका सदस्य हुनुहुन्छ । 

   कार्यक्रममा प्रदेश नं. २ का उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री मा. राम नरेश राय, प्रदेश सांसद संजय यादव, जसपाका जिल्ला अध्यक्ष बिरेन्द्र यादव, कबिलासी नपाका मेयर कौशल किशोर यादव, सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय, ब्रहम्पुरी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष अताउल रहमान लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, विद्यार्थी, पत्रकार र आम जनसमुदायको बाक्लो  उपस्थिती रहेको कार्यक्रमका  उद्घोषक चन्द्रनगर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष नन्दलाल रायले जानकारी दिए ।

No comments:

Post a Comment