Monday, January 16, 2023

हाम्रो नेपाली पार्टीको "लाठी" अभियानका लागि प्रदेश स्तरीय बैठक सम्पन्न

 

हाम्रो नेपाली पार्टीको "लाठी" अभियानका लागि  प्रदेश स्तरीय बैठक सम्पन्न


लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ २

   डा.विरबंश बैठाको अध्यक्षतामा मधेस प्रदेशको राजधानी जनकपुरधाममा हाम्रो नेपाल पार्टीको लाठी अभियान प्रदेश स्तरीय बैठक सम्पन्न भएको छ।

    जनकपुरघामको पिराड़ी चौक स्थित चित्रांश पार्टी प्यालेसमा सम्पन्न भएको बैठकमा पार्टीको भावी योजनाको विषयमा अन्तरक्रिया गरिएको थियो । पार्टीको केन्द्रिय अध्यक्ष अनन्त राज घिमिरेको प्रमुख आतिथ्यता लगायत पार्टीका विभिन्न सदस्य तथा कार्यकर्ताहरुको सहभागितामा आयोजना भएको उक्त कार्यक्रममा पार्टीको आगामी योजना अनुरुप कार्य गर्नका लागि  डा. बैठाको संयोजकत्वमा दश सदस्यीय प्रदेश समिति गठन गरिएको थियो।साथै अबको केही दिनभित्रै  जिल्ला ,पालिका र वडा स्तरीय समिति समेत गठन गरिने निर्णय  भएको पार्टीले जनाएको छ।

   जति सक्दो चाँडो जनसमुदायलाई विभिन्न सेवा सुविधा उपलब्ध गराउनका लागि सशक्त भएर अगाडी बढ्दै जाने र आवश्यकता अनुसार हरेक क्षेत्रमा खबरदारी समेत गर्दै जाने  डा.बैठाले बताउनुभयो ।

   कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाको चुनावमा लाठी छापबाट उम्मेदवार बनेका नेता लगायत विभिन्न क्षेत्रमा आबद्ध  व्यक्तित्वहरुको  उपस्थिति रहेको थियो।




No comments:

Post a Comment