Thursday, January 26, 2023

सरस्वती पुजाको अवसरमा पब्लिक मावि द्वारा सहयोगी हातहरुलाई सम्मान

 सरस्वती पुजाको अवसरमा पब्लिक मावि द्वारा सहयोगी हातहरुलाई सम्मान 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १२

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ मा रहेको श्री पब्लिक माद्यमिक विद्यालयले सरस्वती पुजाको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। 

   विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिरजु कुमारी रायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयको विकास तथा शैक्षिक स्तर उन्नतिको लागि आआफ्नो स्तरबाट सहयोग पुर्याउँदै आएका विशिष्ट व्यक्ति तथा शिक्षकहरुलाई सम्मान गरिएको छ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख नागेन्द्र प्रसाद यादवले शैक्षिक स्तर सुधारका लागि यस विद्यालयले गरेको कार्य सराहनीय रहेको भन्नुहुदै आफ्नो तर्फबाट हरकिसिमको सहयोग रहने बताउनुभयो।

    सम्मान कार्यक्रम पश्चात् नगर प्रमुख यादवले सोही विद्यालयको प्रांगणमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण भइरहेको चारकोठे भवनको निरिक्षण समेत गर्नुभयो।निरिक्षण गर्दै उहाँले भवनको निर्माणकार्यमा कुनै किसिमको ढिलासुस्ती नगरी चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न निर्माण समितिलाई निर्देशन दिनुभयो।

   शिक्षक विभास कर्णले संचालन गरेको कार्यक्रममा पुर्व उपमेयर शान्ती मिकरानी,मलंगवा नपा वडा न-१ र २ का वडाअध्यक्षहरु नवल किशोर यादव र धिरेन्द्र साह,प्रअ-सुवास यादव,सहायक प्रअ राम किशोर महतो,पुर्व शिक्षक नन्दीपत यादव,शिक्षक पद्मलाल फुयाँल लगायत वि.व्य.समिति सदस्यहरु, शिक्षक,शिक्षिका,विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो।

  कार्यक्रममा स्वागत मन्तव्य शिक्षक प्रतिनिधि राम विश्वास साहले राखेका थिए।


 

No comments:

Post a Comment