Sunday, January 1, 2023

विष्णु गाउँपालिकाका जेष्ठ नागरिकहरु आन्दोलित,सयौंको संख्यामा जेष्ठ नागरिकहरु द्वारा गाउँपालिकाको कार्यालय अगाडी प्रदर्शन


विष्णु गाउँपालिकाका जेष्ठ नागरिकहरु आन्दोलित,सयौंको संख्यामा जेष्ठ नागरिकहरु द्वारा गाउँपालिकाको कार्यालय अगाडी प्रदर्शन 



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १७

   सर्लाहीको विष्णु गाउँपालिकामा विकासको काम अगाडी बढ्न नसकेपछि जनताहरु आन्दोलित भएका छन् ।

    स्थानीय चुनाव सम्पन्न भई सबै जनप्रतिनिधिहरुले आआफ्नो पदभार सम्हालेको लगभग ८ महिना बितिसक्दा पनि उक्त गाउँपालिकामा अहिले सम्म गाउँ सभा हुन नसकेकोले विकास लगायतका कामहरु अगाडि बढ्न नसकेपछि जनताहरु पालिका विरुद्ध आन्दोलनमा उत्रिएका हुन्।


   जिल्लाको सबै पालिकाहरुमा विकासका कामहरु भइरहेको अवस्थामा सर्लाही जिल्लाको एक मात्र विष्णु गाउँपालिकामा  कर्मचारीहरुले पाउनु पर्ने तलब,जेष्ठ नागरिकहरुले पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता र बालबालिकाहरूले पाउनु पर्ने बालपोषण भत्ता समेत अहिले सम्म पनि पाउन नसकेको स्थानीयबासीहरुले गुनासो गरेका छन्।

   सोही मागहरुलाई लिएर यस पालिकाका जेष्ठ नागरिकहरु आज(आइतवार) दिउँसो गाउँपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका थिए। 

No comments:

Post a Comment