Sunday, January 29, 2023

मलंगवा जेसीजको ४३ औं तथा जुनियर जेसीजको २७ औं पदस्थापना कार्यक्रम संयुक्तरूपमा सम्पन्न

 


मलंगवा जेसीजको ४३ औं तथा जुनियर जेसीजको २७ औं पदस्थापना कार्यक्रम संयुक्तरूपमा सम्पन्न

मनोज यादव---

सर्लाही,माघ १४

  मलंगवा जेसीजको ४३ औं तथा जुनियर जेसीज मलंगवाको २७औं पदस्थापना कार्यक्रम संयुक्तरूपमा  शनिवार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

    कार्यक्रममा मलंगवा जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी शिव शंकर जैसवालले बर्ष २०२३ का नयाँ अध्यक्ष जेसी राम लखन महतोलाई र जुनियर जेसिज वर्ष २०२२ का अध्यक्ष आयुष सिंहले वर्ष  २०२३ का नयाँ अध्यक्ष मोहम्मद असलम मिकरानीलाई पद हस्तान्तरण गरेका हुन । कार्यक्रममा अधिवेशनबाट चयन भएका भएका पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको थियो ।

    पदस्थापन कार्यक्रमका प्रमुख अतिथी मलंगवा नगरपालिकाका  मेयर एवं मलंगवा जेसीजका भुपु अध्यक्ष तथा जेसीज मावि व्यवस्थापन समितिका वर्तमान अध्यक्ष  नागेन्द्र प्रसाद यादवले जेसिजको उच्च मुल्यांकन गर्दै जेसिजले गर्दै आएका कामहरु सह्रानिय भएको बताउनुभयो ।उहाँले बर्ष २०२२ को टिमले र त्यसभन्दा पनि पहिलेका टिमहरुले विगतका वर्षहरुमा गरेका कामलाई अबको नयाँ  टिमले पनि निरन्तरता दिँदै काम गर्न सुझाब दिनुभयो ।

   मलंगवा न.पा वडा न-३ स्थित महेन्द्र होटलमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि मधेस प्रदेश सांसद कौशल किशोर राय,नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रश्मि बस्नेत लगायत भुपु अध्यक्ष जेसी राजनहरि श्रेष्ठसहित मलंगवा जेसिज र जुनियर जेसीजका भुपु अध्यक्षहरु,पदाधिकारीहरु, स्थानीय संघसंस्थाका प्रमुख तथा तिनका प्रतिनिधि ,विभिन्न निजी विद्यालयका शिक्षक , शिक्षिका, नागरिक समाज ,बुद्धिजीवी , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।    

  सोही कार्यक्रमको अवसरमा मलंगवा जेसीजको तर्फबाट भुपु अध्यक्ष तथा अतिथिहरुलाई  मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएका थिए । कार्मलंगवा जेसीजका नवनिर्वाचित अध्यक्ष महतोले जेसीजको अध्यक्षमा निर्विरोध जिताउन सबै जेसी मित्रहरुको ठूलो सहयोग रहेको भन्दै आगामी दिनमा जेसीजको मुल्यमान्यता अनुसार अगााडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै  आफु मातहतको नयाँ कार्यसमिति र सम्पूर्ण मलंगवा जेसीज परिवारलाई धन्यबाद ज्ञापन गरे ।

    मलंगवा जेसीजका भुपु अध्यक्ष जेसी सुवोधहरी राजोपाध्यायले संचालन गरेको उक्त कार्यक्रमको बिचबिचमा  जेसीज मावि र सगरमाथा विद्यालयका विद्यार्थीहरुको  नृत्य संगीतले कार्यक्रमलाई अझ रोचक बनाएको थियो ।

No comments:

Post a Comment