Saturday, January 7, 2023
राजश्रीको निक्षेप संकलन १४ अर्ब भन्दा बढी
सर्लाही,पुस २३
बुधबार मलंगवा स्थित जानकी पार्टी प्यालेसमा आयोजित एक समारोहबीच राजश्रीको साधारणसभा सम्पन्न भएको हो । उक्त साधारणसभाको पुर्व सांसद रामचन्द्र रायले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए भने संस्थाका कार्यकारी अध्यक्ष नागेन्द्र प्रसाद यादवले आर्थिक वर्ष २०७८/०७९ को आय-व्यय प्रस्तुत गरेका थिए । अध्यक्ष यादवले प्रस्तुत गरेको वासलातमा उल्लेख भए अनुसार संस्थाको एक वर्षको अवधिको निक्षेप १४ अर्व ३५ करोड ३७ लाख ८६ हजार रुपैयां रहेको छ भने १२ अर्ब ४ करोड ५२ लाख ६ हजार रुपैया ऋण लगानी गरेको छ । संस्थाले सोही आ.ब.मा १२ करोड ९६ लाख ३५ हजार ४ सय ८५ रुपैयां नाफा कमाएको उल्लेख गरिएको छ ।
यादवसंगै ६ करोड ६० लाख ६२ हजार ४९२ रुपैया निक्षेप असुल गरेर दोस्रो स्थान हासिल गरेका सतिश मल्लिक र ४ करोड ४५ लाख ९९ हजार १७५ रुपैया निक्षेप असुल गरेर तेस्रो स्थान हासिल गर्न सफल भएका संतोष साहलाई पनि कार्यकारी अध्यक्ष यादवले कदर पत्र र पुरस्कार द्वारा सम्मानित गरिएको थियो ।
पुर्व सांसद रामचन्द्र रायको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि मधेस प्रदेश सांसद कौशल किशोर राय,पुर्व सांसद लक्षमण राय, राम प्रवेश बैठा,मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम,संस्थाका उपाध्यक्ष सत्यनारायण अग्रवाल ,संचालक समितिका सदस्य ,विभिन्न सेवा केन्द्रका कार्यालय प्रमुख,कर्मचारी ,सेयरधनी, बचतकर्ता तथा पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment