Sunday, January 1, 2023

नालाको फोहर सफा गर्न आफुलाई पनि नालामा छिर्नु पर्छ:मधेस प्रदेश सभापति ममता शर्मा,राष्ट्रिय स्वतन्त्र पार्टी

 

नालाको फोहर सफा गर्न आफुलाई पनि नालामा छिर्नु पर्छ:मधेस प्रदेश सभापति ममता शर्मा,राष्ट्रिय स्वतन्त्र पार्टी 



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १७

    राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यसमिति सर्लाहीले आज(आइतवार)परेको राष्ट्रिय टोपी,पोसाक दिवस तथा अंग्रेजी नयाँवर्ष २०२३ को अवसरमा सदरमुकाम मलंगवामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

   मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए ।सोही परम्परालाई निरन्तरता दिंदै आइतवार रा.स्व.पार्टी जिल्ला कार्यसमिति सर्लाहीले मधेस प्रदेश सभापति ममता शर्माको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि यो दिवस मनाएको पार्टीका मधेस प्रदेश प्रेस सल्लाहकार बख्तियार अलीले जनाएको छ।

  कार्यक्रममा सहभागी अतिथिहरु एकआपसमा टोपी,पोसाक दिवस तथा नयाँ वर्ष २०२३ को शुभकामना आदान प्रदान गर्दै स्थापनाको छोटो समयमै रा.स्व.पार्टीले आफ्नो निति तथा एजेन्डाबाट देशभरिका जनताहरुको मन जितेर  पहिलोपटकमै केन्द्रमा २० वटा सिट जितेर राष्ट्रिय पार्टी बन्न सकेको साथै उपप्रधानमन्त्री र गृहमन्त्री समेत दिन सकेको भन्दै पार्टीका राष्ट्रिय अध्यक्ष रवि लामिछानेलाई शुभकामना दिएका थिए।

  कार्यक्रममा बोल्दै प्रमुख अतिथि मधेस प्रदेश सभापति शर्माले नयाँ पार्टी भएका कारण सुरुमा यस पार्टी प्रति जनतालाई विश्वास गर्न मुस्किल परेको भएपनि यसलाई पनि हेरिहालौ भनेर आफ्नो बहुमुल्य मत दिएर राष्ट्रिय पार्टीहरुको लाइनमा उभ्याएको भन्दै देशभरका जनताहरुलाई धन्यवाद दिएकी थिइन्।नालामा भएका फोहरहरु सफा गर्न आफुलाई पनि नाला भित्र छिर्नु पर्ने भएकोले आफुहरुको पार्टी सरकारमा गएको र राजनीतिको नाममा फोहरी खेल खेल्ने र जनतालाई झुक्याउनेहरुलाई तह लगाएर नयाँ नेपालको निर्माण गर्न पार्टीले कुनै कसर नछोड्ने उनले बताइन् ।उनले भनिन पार्टीलाई थप मजबुत बनाएर देशकै पहिलो पार्टी बनाउन चाँडैनै पार्टीलाई गाउँ गाउँसम्म विस्तार गर्ने छौ। यसका लागि केन्द्रबाट आउने निर्देशनको प्रतिक्षामा रहेको उनले जानकारी गराइन्।

   जिल्ला सभापति जयकरण महतोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ठ अतिथि मधेस प्रदेश कोषाध्यक्ष चन्दन साह तेली,पुर्व सर्लाही जिल्ला सभापति कमलेश साह , सर्लाही जिल्ला उपसभापति संजिव कुमार यादव,पार्टीका शुभचिन्तक राम नारायण ठाकुर लगायत पार्टीका जिल्ला सदस्य तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

   यसै अवसरमा जिल्ला सभापति महतोले प्रदेश सभापति शर्मालाई राष्ट्रिय टोपी लगाएर सम्मान गरेका थिए।


No comments:

Post a Comment