Monday, January 23, 2023

नि:शुल्क शिविरबाट मलंगवामा २०५ जनाको आँखा शल्यक्रिया गरियो

 


नि:शुल्क शिविरबाट मलंगवामा २०५ जनाको आँखा शल्यक्रिया गरियो 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ९

   सर्लाही समाजसेवी कल्याणकारी परिवारले सर्लाहीको सदरमुकाम मलंगवामा  आयोजना गरेको नि:शुल्क मोतियाबिन्दु अप्रेसन शिविरबाट २०५ जनाको ज्योति फर्काएको छ ।

  नेपाल आंखा अस्पताल त्रिपुेश्वर र मलंगवा नगरपालिकाको सहयोगमा माघ ४ गतेदेखि माघ ८ गतेसम्म सगरमाथा आवासीय विद्यालयमा शिविर सञ्चालन गरिएको हो । शिविरमा ५०० जना आँखाका बिरामीले सेवा लिएका थिए ।५ सय जनाको आँखाको जाँच गरिएकोमा २०५ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।जसमध्ये बाट ९४ जना पुरुष र १११ जना महिलाहरु रहेको आयोजक संस्थाका अध्यक्ष सुवास कर्णले बताए । शिविरमा शल्यक्रिया गरिएका बिरामीहरुलाई नि:शुल्क चश्मा र औषधि उपलब्ध गराइएको थियो भने अन्य बिरामीहरुलाई पनि नि:शुल्क औषधि उपलब्ध गराइएको थियो।

    नगर प्रमुख नागेन्द्र प्रसाद यादवले उद्घाटन गर्नुभएको उक्त शिविरको सोमबार उहाँकै प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ।

   समापन कार्यक्रममा उपचारमा संलग्न नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डा.कमल बहादुर खड्कासहित डा.श्रृचा मंडल,कृष्टिना केसी,रजनी थापा,भाग्य साह,श्याम श्रेष्ठ ,प्रतिभा कटुवाल ,नवीन बुढाथोकी ,र राजेन्द्र गिरीलाई संस्थाको तर्फबाट कदर पत्र प्रदान गरिएको छ।साथै शिविर अवधीभर स्वयंसेवकको रुपमा खटेका जेसिज मावि र सगरमाथा स्कुलका विद्यार्थीहरुलाई पनि धन्यवाद दिंदै कदर पत्र प्रदान गरिएको छ।

   समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कर्णले "तपाईंको सानो सहयोगले मैले संसार देख्न पाउँ" भन्ने पवित्र भावनालाई आत्मसात गर्दै मानव सेवा जीवनको सर्वोत्तम कार्य भन्ने उदेश्य लिएर विगत १५ वर्षदेखि मलंगवामा नि:शुल्क रुपमा आँखाको जाँच तथा अप्रेसन शिविर संचालन गर्दै आएको र आगामी दिनमा पनि संचालन गर्दै जाने बताए।

  

No comments:

Post a Comment