Monday, January 23, 2023

न्यायीक समितिका पदाधिकारीहरुको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सम्पन्न

 


न्यायीक समितिका पदाधिकारीहरुको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सम्पन्न



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ९

    सर्लाही जिल्ला अन्तर्गतका स्थानीय तहका पदाधिकारीहरुको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सोमबार मलंगवामा सम्पन्न भएको छ ।

    जिल्ला समन्वय समिति सर्लाहीको आयोजनामा जिल्लाका २० वटै पालिकामा रहेको न्यायीक समितिका पदाधिकारी तथा उप प्रमुख ,उपाध्यक्ष र वडा 

अध्यक्षहरुको क्षमता अभिवृद्धिको लागि कार्यशाला गोष्ठी सम्पन्न भएको हो।

   उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीले सहभागीहरुलाई नागरिकता,सिफारिस ,सामाजिक सुरक्षा भत्ताको विषयमा सहजिकरण गर्नुभएको थियो।यस्तै जिल्ला अदालत सर्लाहीका न्यायाधीश चन्द्रकान्त पौडेलले न्यायीक समित,म्याद तामेली,अन्य कानुनी व्यवस्थाको बारेमा सहजिकरण गर्नुभएको थियो भने जिल्ला समन्वय अधिकारी होमनाथ सुवेदीले वडाका पदाधिकारीहरुको सुविधा तथा जिल्लाका अन्य समस्याहरु नदी,नाला,खोला,उत्खननमा कानुनी व्यवस्थाको विषयमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो।

   सोही अवसरमा सर्लाही जिल्लाबाट सरुवा भई जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई जिसस प्रमुख सिंहले दोसल्ला ओढाएर मायाको चिनोसहित ससम्मान विदाई गर्नु भएको छ।

    जिसस प्रमुख कौशल किशोर सिंहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यशाला गोष्ठीमा उप प्रमुख जितेन्द्र कुशवाहा,जिल्ला न्यायाधीश पौडेल ,सहायक प्रजिअ अधिकारी ,जिल्ला समन्वय अधिकारी सुवेदी लगायत विभिन्न पालिकाका उप प्रमुख ,उपाध्यक्ष र वडाअध्यक्ष लगायतको उपस्थिति रहेको थियो।



 

No comments:

Post a Comment