Monday, January 23, 2023

सुपर 6 क्रिक्रेट प्रतियोगिताको उपाधी कुमारीलाई

 सुपर 6 क्रिक्रेट प्रतियोगिताको उपाधी कुमारीलाई



लोकतन्त्र समाचारदाता----

सर्लाही ८ माघ । 

   डिसहोम मलंगवाद्धारा आयोजित सुपर ६ क्रिक्रेट प्रतियोगिताको उपाधी कुमारी बैंकले प्राप्त गरेको छ ।  

     सर्लाहीका ८ वटा बैंकहरुको सहभागितामा दुई दिन सम्म चलेको सुपर ६ क्रिक्रेट प्रतियोगिताको फाईनल खेलमा कुमारी बैंक तथा सहारा मल्टी पर्पस को–आपरेटिभ सोसाईटी लिमिटेड पुगन सफल भएको थियो । यो दुबै टिम बिच भएको फाईनल खेलमा कुमारी बैंकले टस जितेर पहिलो बाईडिंग गरेको थियो । ५ ओभरको खेलमा कुमारी बैंकले ७६ रन बनाउन सफल भएको थियो । फाईनल जित्नका लागि मल्टी पर्पसलाई ७७ रनको लक्ष्य निर्धारण गर्नुपर्नेमा सहारा मल्टी पर्पस को–आपरेटिभ सोसाईटी लिमिटेडले जित्नको लागि ७७ रनको लक्ष्य पुरा गर्न सकेन । जम्मा ५ ओभरको खेलमा सहारा मल्टी पर्पस को–आपरेटिभ सोसाईटी लिमिटेडले मात्र ४६ रन बनाएर दोस्रो स्थान प्राप्त गरेको छ ।

    बैकर्सहरु बिच भएको सुपर ६ क्रिक्रेट प्रतियोगितामा मैन अफ द सिरिजको उपाधी कुमारी बैंककै अजमत हवाडीले पाउन सफल भए । मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद यादवले सुपर ६ क्रिक्रेट प्रतियोगितामा विजयी भएका कुमारी बैंकलाई प्रथम पुरस्कार तथा दोस्रो भएका सहारा मल्टी पर्पस को–आपरेटिभ सोसाईटी लिमिटेडका टिमलाई दोस्रो पुरस्कार प्रदान गर्नु भएको थियो । पुरस्कार बितरण समारोहमा लक्ष्मी इन्टरप्राइजेज जेनरल सप्लाएर्स मलंगवाका प्रोपराइटर सुवास गुप्ता , मलंगवा वडा नं. २ का वडाअध्यक्ष धिरेन्द्र साह तथा मलंगवा वडा नं. ८ का वडाअध्यक्ष मुकेश जैसवाल लगायतको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment