Monday, January 2, 2023

सर्लाही प्रहरीले आज(सोमबार)पनि लालबन्दीको वडा न-१४ मा लगाइएका अवैध गाँजाको बिरुवाहरु नष्ट गरे

 

सर्लाही प्रहरीले आज(सोमबार)पनि लालबन्दीको वडा न-१४ मा लगाइएका अवैध गाँजाको बिरुवाहरु नष्ट गरे



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १८

   सर्लाही प्रहरीले लालबन्दी नगरपालिका वडा न-१४ स्थित विभिन्न ठाउँमा लगाईएको अबैध गाँजा खेती फडानी तथा नष्ट गरेको छ।

   वडा न-१४ को विभिन्न स्थानमा गाँजाको बिरुवाहरु लगाइएको छ भन्ने प्राप्त सूचनाको आधारमा सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलंगवा र इलाका प्रहरी कार्यालय लालबन्दीबाट गरि ६० जनाको संख्यामा गएका प्रहरी टोलीले सो वडाको अन्दाजी ९ बिघा जग्गामा लगाइएको अवैध लागुऔषध गाँजाको बिरुवाहरु फडानी नष्ट गरेको जिप्रका सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ।

  भर्खरै सरुवा भएर सर्लाही आउनु भएका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले आइतवार पनि सोही वडाको ८ बिघा जग्गामा लगाइएको अवैध गाँजाका विरुवाहरु फडानी गर्न लगाई नष्ट गर्नुभएको थियो। 


No comments:

Post a Comment