Sunday, January 22, 2023

मलंगवामा नवनिर्मित बसपार्क संचालन कार्यविधि सम्बन्धि सरोकारवाला सँग छलफल

 मलंगवामा नवनिर्मित बसपार्क संचालन कार्यविधि सम्बन्धि  सरोकारवाला सँग छलफल 

 

मनोज यादव---

सर्लाही,माघ ८

   मलंगवा नगरपालिकामा नवनिर्मित बसपार्क संचालन कार्यविधि सम्बन्धी सरोकारवालाहरु सँग छलफल गरिएको छ। आइतवार मलंगवा नगरपालिकाको आयोजना तथा नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

    पुर्व मन्त्री रामचन्द्र रायको प्रमुख आतिथ्यता तथा मधेस प्रदेश सांसद कौशल किशोर रायको विशिष्ट आतिथ्यतामा भएको छलफल कार्यक्रममा उपस्थित  सरोकारवालाहरुले नवनिर्मित बसपार्क संचालनको लागि नगरपालिकाले तयार पारेको कार्यविधि र बसपार्क सार्ने विषयमा आआफ्नो राय तथा सुझाव दिएका थिए। प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले कार्यविधि पढेर सुनाउनु भएको थियो।

   कार्यक्रममा उपस्थित अधिकांश व्यक्तिहरुले राज्यको यति ठूलो लगानीमा निर्माण भएको सम्पूर्ण सुविधा सम्पन्न बसपार्क जतिसक्दो चाँडो संचालनमा ल्याउन सुझाव दिएका थिए।साथै उनीहरूले बस गुड्ने रिंङ्गरोडको केही ठाउँमा यात्रु चढाउन र ओराल्नको लागि प्रतिक्षालयको निर्माण गर्नुपर्ने ,उक्त बाटोमा बनिरहेको नाला तुरुन्त निर्माण गर्नुपर्ने साथै सडक पनि यथासिघ्र पिचिङ्ग हुनुपर्ने सुझाव दिएका थिए।

   कार्यक्रममा उपस्थित बस व्यवसायी तथा छोटो दुरीमा चल्ने साना सवारीका संचालकहरुले पनि आआफ्नो गुनासो र सुझाव राखेका थिए।मलंगवा नपा वडा न-९ स्थित जनसागर पोखरी र बजारको छेउमा रहेको अहिलेको बसपार्क साँघुरो रहेको र यात्रु चढाउँदा र ओराल्दा सडकमा जाम लाग्ने गरेको र सुरक्षित  समेत नरहेकोले वडा न-२ स्थित जिल्ला प्रहरी कार्यालयको छेउमा नवनिर्मित बसपार्क सम्पूर्ण सुविधा सम्पन्न रहेको साथै सुरक्षाको दृष्टिकोणले पनि राम्रो रहेकोले आफुहरु  नयाँ बसपार्कमा जान तयार रहेको भन्दै बस व्यवसायीहरुले सहमति जनाएका थिए। 

     ८ करोड ३१ लाख रुपैयाको लागतमा निर्माण भएको उक्त बसपार्कको कुल क्षेत्रफल 

२५ रोपनी रहेको छ।यसमा सानाठूला गरि एकैसाथ ७२ वटा गाडीहरु पार्किङ गर्न सकिने निर्माण कम्पनी कन्काई इन्टरनेसनल विल्डर्स सुरुङ्गा,झापाले जनाएको छ। नवनिर्मित बसपार्कमा अढाई तल्लाको टर्मिनल भवन,पब्लिक शौचालय,खानेपानीको व्यवस्था ,यात्रु प्रतिक्षाालय,बास बस्न मिल्ने,वर्कसप एरिया र पार्किङ लगायतको सुविधाहरु रहेको नगरपालिकाका सूचना अधिकृत राजकुमार अधिकारीले जानकारी गराए।

   नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा प्रहरी उपरिक्षक नरेशराज सुवेदी ,जिल्ला ट्राफिक प्रहरी प्रमुख ट्रा.प्र.नि.ईशवर कार्की,ट्राफिक प्रहरी मलंगवाका इन्चार्ज असई इन्द्र भुषण मिश्र,व्यवसायी संजय गुप्ता  लगायत वडाअध्यक्ष,न.पा कर्मचारी ,यातायात व्यवसायी ,स्थानीय समाजसेवी ,बुद्धिजीवी ,व्यापारी र पत्रकारहरुको उपस्थिति रहेको थियो।






No comments:

Post a Comment