Thursday, January 5, 2023

मोटरसाइकलको ठक्करबाट वृद्ध पैदल यात्रीको मृत्यु

 


मोटरसाइकलको ठक्करबाट वृद्ध पैदल यात्रीको मृत्यु

लोकतन्त्र समाचारदाता---- सर्लाही,पुस २१

                           सर्लाहीको पर्सा गाउँपालिका वडा न-२ संग्रामपुर स्थित भित्रि सडक खण्डमा बुधबार मोटरसाइकलको ठक्करबाट एक जना वृद्ध पुरुषको मृत्यु भएको छ।

  BR30 1B 5917 नम्बरको  मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री संग्रामपुर बस्ने अन्दाजी ७५ वर्षको नथुनी बैठाको मृत्यु भएको हो।

  ठक्कर पछि घाइते भएका बैठाको नारायणपुर स्थित एक स्थानीय मेडिकलमा पठाएको र त्यही उनको उपचारको क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

   मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसंधान अगाडी बढाएको छ।

No comments:

Post a Comment