Monday, January 9, 2023

चिसो अत्याधिक बढेपछि मलंगवामा निःशुल्क दाउरा वितरण/सार्वजनिक स्थानमा राखिएका दाउराहरु कतिपयले आआफ्नो घरमै समेत लगे

 


चिसो अत्याधिक बढेपछि मलंगवामा  निःशुल्क दाउरा वितरण     

         सार्वजनिक स्थानमा राखिएका दाउराहरु कतिपयले आआफ्नो घरमै समेत लगे


मनोज यादव---

सर्लाही,पुस २५

   शितलहरकाका कारण चिसो अत्याधिक बढेपछि सदरमुकाम मलंगवाका वडाहरुमा  सर्वसाधारणलाई निःशुल्क दाउरा वितरण गरिएको छ ।

    मलंगवा नगरपालिकाले पालिका अन्तर्गतका वडाहरुको सहकार्यमा  विभिन्न स्थानमा दाउरा वितरण गरेका छन् । सोही क्रममा वडा न-२ का वडा अध्यक्ष धिरेन्द्र साहले सम्बन्धित वडाको विभिन्न स्थानहरुमा आफै पुगेर शितलहरमा गरिब तथा ज्येष्ठ नागरिकलाई सहज होस् भनेर दाउरा वितरण गरेका छन् ।

   “गरिब, विपन्न ,ज्येष्ठ नागरिक तथा बालबालिकाहरुलाई  चिसोबाट बचाउन निःशुल्क दाउरा वितरण गर्ने कार्यक्रम ल्याएको वडाअध्यक्ष साहले भने,।

   वडा न-२ का वडाअध्यक्षसहित नगरपालिकाका अन्य वडाका वडाअध्यक्षहरुले पनि आफै विभिन्न सार्वजनिक स्थानहरुमा पुगेर दाउरा वितरण गरेका छन् ।

  दाउरा पाएपछि मलंगवाका शितलहर पिडित नागरिकहरु खुसी हुँदै नगरपालिका र वडा कार्यालयलाई खुसी हुँदै धन्यवाद दिएका छन् । 

   तर मलंगवाका कतिपय सार्वजनिक स्थानमा वडा कार्यालयले आगो ताप्नको लागि राखिदिएको दाउराहरु यहाँका केही ब्यक्तिहरुले उठाएर आआफ्नो घरमा समेत लगेको पाइएको छ।



No comments:

Post a Comment