Saturday, January 7, 2023

एक वर्षमा ७ करोड भन्दा बढी निक्षेप संकलन गरेका मलंगवाका खुसीलाल राजश्री द्वारा सम्मानित

 


एक वर्षमा ७ करोड भन्दा बढी निक्षेप संकलन गरेका मलंगवाका खुसीलाल राजश्री द्वारा सम्मानित

लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस २३

   सबैभन्दा बढी निक्षेप संकलन गरेका मलंगवाका खुसीलाल यादवलाई राजश्री  सेविंग्स एण्ड क्रेडिट को–आपरेटिभ सोसाइटी लिमिटेड प्रधान कार्यालय मलंगवाले एक कार्यक्रमका बिच उत्कृष्ट फिल्ड कार्यकर्ताको रुपमा सम्मानित गरेको छ।

   संस्थाको शनिवार सम्पन्न २२ औं वार्षिक साधारणसभाको अवसरमा यादवलाई सम्मानित गरिएको हो।उनले एक वर्षमा संस्थाका अन्य फिल्ड कर्मचारीहरुको तुलनामा सबै भन्दा बढी ७ करोड १६ लाख १२ हजार ५५० रुपैया निक्षेप असुल गरेका थिए।सो बापत उनलाई संस्थाको तर्फबाट कार्यक्रमका प्रमुख अतिथि एवं  पुर्व सांसद रामचन्द्र राय र कार्यकारिणी अध्यक्ष नागेन्द्र प्रसाद यादवले कदरपत्र र पुरस्कार द्वारा सम्मानित गरेका थिए ।

   यादवसगै दोस्रो र तेस्रो स्थान हासिल गरेका सतिश मल्लिक र संतोष साहलाई पनि सोही कार्यक्रम मार्फत पुरस्कृत गरिएको थियो।

No comments:

Post a Comment