Thursday, January 26, 2023

मलंगवाका स्कूलहरूमा विविध कार्यक्रमको आयोजना गरि सरस्वती पूजा मनाइँदै


मलंगवाका स्कूलहरूमा विविध कार्यक्रमको आयोजना गरि सरस्वती पूजा मनाइँदै


मनोज यादव---

सर्लाही,माघ १२

   आज श्रीपञ्चमी अर्थात् विद्याकी देवी सरस्वती माताको विशेष पूजाको दिन। मलंगवाका विद्यालयहरुले विविध कार्यक्रमको आयोजना गरि धुमधामका साथ सरस्वती पूजा मनाई रहेका छन् ।

   प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्ने यस दिनमा सरस्वतीको पूजा तथा आराधना गर्दा बिद्या,ज्ञान, बुद्धि बढ्ने जनविश्वास रहेको छ ।आजैका दिन  साना बालबालिकाहरूलाई  अक्षराम्भ पनि गराइन्छ। यस दिन बालबालिकाहरूलाई अक्षर चिनाए पढाइमा राम्रो  गर्ने जनविश्वास रहेको छ । 

   आज मलंगवा नगरपालिका  लगायत सर्लाही जिल्लाभरीका सामुदायिक तथा निजी विद्यालयहरूले विभिन्न कार्यक्रमको आयोजना गरि धुमधामका साथ सरस्वती पूजा मनाई रहेका छन् ।

   सरस्वती पूजाको अवसर पारी केही विद्यालयहरुले  हस्तकला प्रदर्शनी र सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् भने केही विद्यालयहरुले नि:शुल्क भर्ना समेत लिइरहेका छन् ।

 सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । यो दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने प्रचलन छ ।









No comments:

Post a Comment