Saturday, January 14, 2023
मलंगवा नगरपालिकाको नवौं नगर सभाबाट नगरको गतिविधि तथा कार्यक्रमहरु सार्वजनिक
मलंगवा नगरपालिकाको नवौं नगर सभाबाट नगरको गतिविधि तथा कार्यक्रमहरु सार्वजनिक
नगर प्रमुख नागेन्द्र प्रसाद यादवले शुक्रवार सम्पन्न भएको मलंगवा नगरपालिकाको नवौ नगर सभाबाट चालु आर्थिक वर्ष २०७८/०८० को लागि संशोधित नगरको वार्षिक गतिविधि तथा कार्यक्रमहरु सार्वजनिक गर्नुभएको छ।
कार्यक्रममा मलंगवा नपा को मौलिक पहिचान र सकारात्मक संदेश प्रवाह गर्न नगरगान निर्माण गरि सार्वजनिक गरेको जानकारी गराउँदै उहाँले उक्त संदेशमूलक गीतले हामीमा सधै आफू र आफ्ना जन्मस्थान प्रति सकारात्मक भावना उजागर हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
नगर प्रमुख यादवले लामखुट्टे विरुद्धको विषादी छर्किने र शितलहरलाई मध्येनजर गर्दै पालिकाको आन्तरिक श्रोतबाट चौक-चौकमा दाउरा वितरण गर्ने काम गरिसकेको जानकारी गराउनुभयो।नेपाल सरकार,शहरी विकास मन्त्रालय,शहरी विकास तथा भवन निर्माण विभाग र संघीय आयोजना कार्यान्वयन इकाई जनकपुरबाट वडा न-२ मा निर्माण सम्पन्न गरि हस्तान्तरण गर्न अनुरोध भए अनुसार नयाँ बसपार्क संचालनमा ल्याउने गरि स्वामित्व लिने तयारी भएको उहाँले बताउनुभयो।साथै उहाँले मलंगवा बजार क्षेत्रमा रहेको जनसागर पोखरीमा पहिलो चरणमा पुर्वाधार विकास गरि डुङ्गा संचालन गर्न परिक्षण प्रारम्भ गर्ने तयारी भइरहेको,पुर्व पश्चिम राजमार्गको नवलपुर खण्ड,मुसैली सिमा र झिम नदी नजिकबाट मलंगवा नपाको प्रवेश बिन्दुहरुमा स्वागतद्वारहरु निर्माण गर्ने योजना रहेको जसका लागि तत्कालै डिजाइन तयार गर्ने निर्णय भएको र सोको निर्माणकार्यका लागि स्रोतको खोजी गर्ने नगर प्रमुख यादवले जानकारी गराउनुभयो।
नगरको मुख्य बजार क्षेत्रको सडकलाई चौडा गरेर पक्की सडक निर्माण गर्न लागिएकोले यस कार्यमा सहयोग गर्न सम्पूर्ण नगरबासीहरु सँग उहाँले अनुरोध समेत गर्नु भएको छ।नागरिकका चाहना र आवश्यकता परिपुर्ति गर्ने अभिभारा र नगरका योजनाहरुको प्रभावकारी कार्यान्वयनमा नगरपालिकाको मात्र प्रयास पर्याप्त नहुने भएकोले यसका लागि संघ तथा प्रदेश सरकारको आड ,भरोसा र विकास साझेदारहरुको सहकार्य आवश्यक रहेकोले यसका लागि सबैसँग सहयोगको अपेक्षा गरेको यादवले बताउनुभयो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment