Friday, January 6, 2023

पर्सा गाउँपालिकामा निशुल्क लोक सेवा तयारी कक्षा सुरु


पर्सा गाउँपालिकामा निशुल्क लोक सेवा तयारी कक्षा सुरु



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस २२

   सर्लाहीको पर्सा गाउँपालिकामा नि:शुल्क लोक सेवाको तयारी कक्षा  सुरु भएको छ ।

   पर्सा गापाको आयोजनामा सुरु भएको उक्त कक्षाको शुक्रवार एक कार्यक्रमका बिच गापा अध्यक्ष धिरेन्द्र यादव विस्पतले समुद्घाटन गर्नु भएको छ।यस गाउँपालिकाका विद्यार्थीहरुको उज्ज्वल भविष्य तथा दक्ष जनशक्ति उत्पादनको लागि नि:शुल्क रुपमा लोकसेवा तयारी कक्षाको संचालन गरेको गापा अध्यक्ष यादवले बताउनुभयो ।

   उद्घाटन कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्ष,कार्यपालिका सदस्य, प्रमुख प्रमुख प्रशासकीय  अधिकृत,विभिन्न शाखाका प्रमुख लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो। 

  तयारी कक्षामा सहभागी विद्यार्थीहरुलाई नि:शुल्क रुपमा एक-एक थान लोकसेवा तयारी पुस्तक समेत वितरण गरिएको थियो।

  


No comments:

Post a Comment