Monday, January 2, 2023

र्लाहीको नयाँ एसपी नरेशराज सुवेदी एक्सनमा, ८ बिघामा लगाइएको अवैध गाँजा खेती नष्ट

 

सर्लाहीको नयाँ एसपी नरेशराज सुवेदी एक्सनमा, ८ बिघामा लगाइएको अवैध गाँजा खेती नष्ट 


मनोज यादव---

सर्लाही,पुस १८

   सर्लाही जिल्लाको प्रहरी प्रमुखको रुपमा हाजिर भएसँगै एसपी नरेशराज सुवेदी ‘एक्सन’मा आएका छन् ।उनले    जिल्लाको लालबन्दी नगरपालिका वडा न-१४ स्थित विभिन्न स्थानमा अवैध रुपमा लगाइएका गाँजाको बिरुवाहरु फडानी गरि नष्ट गरेका छन्। 

  एसपी सुवेदीले आइतवार लालबन्दी न.पा को वडा न-१४ को विभिन्न ठाउँमा अवैध लागुऔषध गाँजाको बिरुवाहरु लगाएको छ भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मलंगवा र इलाका प्रहरी कार्यालय लालबन्दीबाट समेत गरि ६० जना प्रहरी टोली पठाइ अन्दाजी ८ बिघा जग्गामा लगाइएका अवैध लागुऔषध गाँजाको बिरुवा फडानी गर्न लगाएको जिप्रका सर्लाहीका सूचना अधिकृत बिजय यादवले जनाएको छ।

  नयाँ एसपी सुवेदी गत शुक्रवार जिल्लामा हाजिर भएका हुन ।

   





No comments:

Post a Comment