Sunday, January 29, 2023

हरिपुर नगरपालिकाले वडा स्तरमै बाँड्न थाले सामाजिक सुरक्षा भत्ता/बैंकमा दिनभरी लाइनमा लाग्नुपर्ने झण्झटबाट मुक्ति

 हरिपुर नगरपालिकाले वडा स्तरमै  बाँड्न थाले सामाजिक सुरक्षा भत्ता/

 बैंकमा दिनभरी लाइनमा लाग्नुपर्ने झण्झटबाट मुक्ति 


लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १५ 

    हरिपुर नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्न सुरु गरेको छ । नगर प्रमुख  गोपाल पंजियार र उप-प्रमुख निलम देवी रायले आईतवार वडा न-३ स्थित फरहदवामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्यको सुरुवात गरेका हुन्।

   नगरपालिकाले वडा कार्यालयहरु बाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेपछि  बैंकमा दिनभरी लाइनमा लागेर भत्ता बुझ्ने झण्झटबाट मुक्ति मिलेको  ७६ वर्षीय एक लाभग्राही लक्ष्मी महतोले बताए ।लाभग्राहीहरुलाई सहज रुपमा भत्ता उपलब्ध गराउने उदेश्यले नगरपालिका अन्तर्गतका सबै वडामा पालैपालो घुम्ती कार्यक्रम संचालन गरेर भत्ता वितरण गर्ने प्रशासकीय अधिकृत विनय पौडेलले बताए। 

   नगरभरिका करिब सात हजार ब्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता ग्रहण गर्दै आएको  पञ्जीकरण शाखाका हरि किशोर महतोले लोकतन्त्रलाई  जानकारी दिए।आइतवार पहिलो दिन वडाका सबै (झण्डै पौने तिन सय) जेष्ठ नागरिक र एकल महिलाहरुलाई भत्ता वितरण गरी सकेको र सोमबार (भोली)देखि  सामाजिक सुरक्षा भत्ता पाउने अन्य ब्यक्तिहरुलाई भत्ता वितरण गरिने वडाअध्यक्ष लालमोहम्मद शेखले बताए  ।  वडा न-३ फरहदवामा करिव सात सय जना उक्त भत्ता पाउने लाभग्राहीहरु रहेको वडाअध्यक्ष  शेखले जानकारी दिए । 

    भत्ता वितरणका लागि वडा कार्यालयका कर्माचारी ,जनप्रतिनिधि तथा एनआइसी एसिया बैंक हरिपुर शाखाका कर्मचारीहरु खटिएका छन्। 

No comments:

Post a Comment