Sunday, January 1, 2023

बाल बिकासमा अध्ययनरत बालबालिकाहरुलाई स्विटर वितरण


बाल बिकासमा अध्ययनरत बालबालिकाहरुलाई स्विटर वितरण  



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १७ 

   दिनप्रतिदिन बढदै गइरहेको शितलहरलाई मध्यनजर गर्दै बाल कल्याण समाज (CWS) सर्लाहीले  बाल बिकास कक्षामा अध्ययनरत २७ जना बालबालिकाहरुलाई न्यानो स्विटर वितरण गरेको छ।

   राज होजियारी बिरगंजको सयोगमा बाल कल्याण समाजले सर्लाहीको रामनगर गाउँपालिका वडा न-२ धुर्वा टोल स्थित श्री अधारभुत विद्यालयमा अध्यरत बालबालिकाहरुलाई सोही विद्यालयमा एक कार्यक्रमको आयोजना गरि  स्विटर वितरण गरिएको संस्थाले जनाएको छ।

   संस्थाका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षता तथा वडा न-२ धुर्वाका वडाध्यक्ष सदानन्द यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको स्विटर वितरण कार्यक्रममा विद्यालयका शिक्षक,विद्यार्थी,बुद्धिजीवी,शिक्षाप्रेमी अभिभावक लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको  थियो।

No comments:

Post a Comment