Monday, January 16, 2023

सलेमपुरमा नौ दिवसीय बाउन्न अवतार माघी मेला सुरु,

 


सलेमपुरमा नौ दिवसीय बाउन्न अवतार माघी मेला सुरु 

बिना अन्नजल सात फिट जमिन मुनि बाबाको समाधी

मनोज यादव---

सर्लाही,माघ २

  सर्लाहीको कबिलासी नगरपालिका वडा न-९ सलेमपुर स्थित झिम नदीको उतरैनीमा नौ दिवसीय बाउन्न अवतार माघी मेला सुरु भएको छ।   

    उक्त मेलाको आइतवार वडा न-९ का वडाअध्यक्ष राम दिनेश रायको अध्यक्षतामा एक भव्य समारोहको आयोजना गरि प्रमुख अतिथि तथा विशिष्ट अतिथि प्रदेश सभा सांसद जंगिलाल राय र नगर प्रमुख ब्रम्हदेव यादवले संयुक्तरूपमा गरेका छन् ।

   वडा अध्यक्ष रायका अनुसार मेलामा आउने दर्शनार्थीहरुको सेवा सुविधालाई ध्यानमा राखी खानेपानी,बास लगायतको व्यवस्था गरिएको छ।

  मेलाको अवधीभर हरेक रात ८ बजेदेखि रामलिलाको मञ्चन गरिनुका साथै हरेक दिन बिहान ६ बजेदेखि रामनामको जाप गरिने मेला मुल आयोजक समितिले जानकारी गराएको छ।

   मेलाको मुख्य आकर्षणको रुपमा भगवान विष्णुको ५२ अवतार मुर्ति र समुन्द्र मन्थनको झलक रहेको छ भने  बाबा उपेन्द्र दास ९ दिनसम्म बिना अन्न जल ग्रहण गरि ७ फिट जमिन मुनि समाधी लगाएर बस्ने आयोजकले जनाएको छ।  

   माघ १ गतेबाट सुरु भएको मेला माघ ९ गतेसम्म चल्ने छ।मेलाको पहिलोदिन आइतवार ११ सय कुवाँरी कन्याहरु सम्मलित बाजागाजासहितको विशाल कलश यात्रा निकाली सलेमपुर गाउँको परिक्रमा गरिएको थियो।

No comments:

Post a Comment