Wednesday, January 18, 2023

नगर प्रमुख यादवद्वारा मलंगवामा मोतियाबिन्दु अप्रेसन शिविर उद्घाटन

 

नगर प्रमुख यादवद्वारा मलंगवामा मोतियाबिन्दु अप्रेसन शिविर उद्घाटन

लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ४

    मलंगवा पालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले मलंगवा नगर पालिका वडा न-९ मा  आयोजित निःशुल्क मोतियाबिन्दु अप्रेसन शिविर उद्घाटन गरेका छन् ।

   सगरमाथा आवासीय अंग्रेजी  स्कुलमा बुधबार आयोजित उक्त  शिविरको नगर प्रमुख यादवले उद्घाटन गरेका हुन् ।सर्लाही समाजसेवी कल्याणकारी परिवारको आयोजनमा निःशुल्क शिविर संचालन गरिएको हो।

   "तपाईंको सानो सहयोगले मैले संसार देख्न पाउँ" भन्ने पवित्र भावनालाई आत्मसात गर्दै मानव सेवा जीवनको सर्वोत्तम कार्य भन्ने उदेश्य लिएर विगत १५ वर्षदेखि मलंगवामा नि:शुल्क रुपमा आँखाको जाँच तथा अप्रेसन शिविर संचालन गर्दै आएको र आगामी दिनमा पनि संचालन गर्दै जाने कल्याणकारी परिवारका अध्यक्ष सुवास कर्णले बताए।

  सर्लाही समाजसेवी कल्याणकारी परिवार तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौको संयुक्त आयोजना तथा मलंगवा नगरपालिकाको सहयोगमा उक्त शिविर माघ ४ गतेदेखि माघ ८ गतेसम्म संचालन हुने उद्घाटन कार्यक्रमका संचालक विभास कर्णले जनाएको छ।

  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डा.कमल बहादुर खड्काको नेतृत्वमा डा.श्रृचा मंडल,कृष्टिना केसी,रजनी थापा,भाग्य साह,श्याम श्रेष्ठ ,प्रतिभा कटुवाल ,नवीन बुढाथोकी ,र राजेन्द्र गिरीसहितको चिकित्सकहरुको टोलीले आँखाको जाँच र मोतियाबिन्दुको अप्रेसन गर्ने छन्।



No comments:

Post a Comment