Wednesday, January 18, 2023
मलंगवाको नवनिर्मित बसपार्क नगरपालिकालाई हस्तान्तरण, माघ १८ गते भित्र उद्घाटन गरिने
मलंगवाको नवनिर्मित बसपार्क नगरपालिकालाई हस्तान्तरण, माघ १८ गते भित्र उद्घाटन गरिने
मलंगवा नगरपालिकाको वडा न-२ मा नवनिर्मित बसपार्क एक कार्यक्रमका बिच नगर प्रमुख नागेन्द्र प्रसाद यादव मार्फत नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।संघीय आयोजना कार्यान्वयन ईकाइ धनुषाले बुधबार आयोजना गरेको एक कार्यक्रमका बीच ईकाइका प्रमुख प्रदिप खनालले नगर प्रमुख यादवलाई बसपार्क हस्तान्तरण गरेको हो ।
कार्यक्रममा नगर प्रमुख यादवले उक्त बसपार्कको निर्माणले नगर व्यवस्थित हुनुका साथै नगरको विकासमा समेत टेवा पुर्याउने बताए।
मलंगवा नपा वडा न-२ स्थित जिल्ला प्रहरी कार्यालयको छेउमा निर्माण भएको उक्त बसपार्कको जम्मा क्षेत्रफल १२५७५.९ व.मि(२५ रोपनी) रहेको छ।कन्काई इन्टरनेशनल विल्डर्स सुरुङ्गा,झापाले निर्माणको जिम्मा पाएको उक्त बसपार्कमा जम्मा ८ करोड ३१ लाख रुपैयाको लगानी लागेको छ।
बसपार्क हस्तान्तरण हुनु पुर्व बुधबार बिहान नगरप्रमुख यादव,प्रमुख प्रशासकीय अधिकृत गौतम,मलंगवा नपा वडा न-२ का वडाअध्यक्ष धिरेन्द्र साह लगायत प्राविधिक तथा कर्मचारीहरुको टोलीले नवनिर्मित बसपार्कको निरिक्षण गरेका थिए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment