Saturday, January 14, 2023
सहारा मल्टिपर्पसको १९औं वार्षिक साधारणसभा सम्पन्न
सहारा मल्टिपर्पसको १९औं वार्षिक साधारणसभा सम्पन्न
कार्यक्रममा संस्थाका अध्यक्ष मिकरानीले सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै १९औं साधारणसभासम्म आइपुग्दा सदस्य तथा कर्मचारीहरुको सक्रिय सहभागिताले आर्थिक कारोबारमा सन्तोषजनक प्रगति गर्न सकेकको बताए ।संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उनले गत आर्थिक वर्ष २०७७/०७८ मा संस्थाको कुल शेयर पुँजी रु ४ करोड ५९ लाख ७ हजार ५ सय रुपैया रहेकोमा आ.व २०७८/०७९ सम्ममा रु ४ लाख ३९ हजार ६ सय रुपैयाले वृद्धि भई कुल शेयर पुँजी ४ करोड ६३ लाख ४७ हजार १ सय रुपैया रहेको जानकारी गराए।साथै जगेडा कोषमा १० लाख ४७ हजार ४ सय ४८ रुपैया रहेको उनले बताए ।सदस्यहरुबाट प्रदान गरिएको निक्षेपको रकम आ.व ०७७/०७८ मा रु ६७ करोड ५ लाख २५ हजार १ सय २६ रुपैया रहेकोमा आ.व ०७८/०७९ सम्ममा रु ४ करोड २३ लाख५३ हजार ७ सय ६ रुपैयाले वृद्धि भइ कुल निक्षेप रकम ७१ करोड २८ लाख ७८ हजार ८ सय ३३ रुपैया रहेको उनले बताए ।देशव्यापी रुपमा तरलताको कमीलाई मध्येनजर गरि संस्थाले गर्नुपर्ने आयमुलक कार्य नगरि तरलता कायम राखेकोले लक्ष्य अनुसारको प्रतिफल प्राप्त नभए पनि यस आ.ब मा संस्थाले १५ लाख ४७ हजार ५ सय ७५ रुपैया ३१ पैसा नाफा आर्जन गरेको अध्यक्ष मिकरानीले जानकारी गराए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment