Wednesday, January 18, 2023

रुखबाट लडेर रामबहादुरको ज्यान गयो

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ४

 सर्लाहीको लालबन्दी नगरपालिका वडा न-१४, नारायण खोलामा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५८ वर्षिय रामबहादुर स्याङ्बा रहेको प्रहरीले बताएको छ।

   छारे रोगबाट ग्रसित स्याङ्बाको सोमबार घाँस काट्ने क्रममा अचानक रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

  यो समाचार तयार पार्दा सम्म मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा राखिएको थियो।


No comments:

Post a Comment