Saturday, May 1, 2021

गोडैतामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख १८

      सर्लाहीको गोडैता नगरपालिका वडा न-५ रामबनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्।

       आज(सनिवार) बिहान करिब पौने ७ बजे तिर गढहियाबाट हरकठवातर्फ आउँदै गरेको ना ४ ख १०८९   नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको नेपाली नम्बरको अनटेस्ट मोटरसाइकललाई  ठक्कर दिंदा मोटरसाइकल चालक जिल्ला रौतहट गढीमाई नगरपालिका-८ बस्ने अन्दाजी वर्ष २५/२६ को जयचन्द्र साह गम्भीर घाइते भइ उपचारको लागि जिल्ला अस्पताल मलंगवा ल्याउने क्रममा बिहान साढे ८ बजे बाटोमै  मृत्यु भएको प्रहरीले जनाएको छ ।

      दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँका अन्दाजी ३५ वर्षीय बिगु साह र शिवशंकर साहको अन्दाजी ८ वर्षीय छोरा विनेश कुमार साहको बरहथवा स्थित एडभान्स संजिवनी अस्पतालमा उपचार भइरहेको छ। 

    मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



No comments:

Post a Comment