Tuesday, May 4, 2021

पूजाको प्रसाद खाएर २५ जना बिरामी/पुजा आयोजना गर्नेको सबैजना बिरामी

 



लोकतन्त्र समाचारदाता---

सर्लाही, वैशाख २१

      पुर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने   सर्लाहीको लालबन्दी नगरपालिका वडा न-६ मा पूजाको प्रसाद खाएर एकैसाथ   २५ जना स्थानीयहरु  बिरामी परेका छन् ।

   शुक्रबार स्थानीय  घमबहादुर कार्कीको घरमा आयोजना गरिएको  रुद्री पूजाको प्रसाद खाएर पूजाका आयोजक कार्कीसहित उनकी श्रीमती, छोराछोरी र पूजा हेर्न आएका स्थानीयहरु जमुना बस्नेत, दुर्गाकुमारी अधिकारी, रमेश अधिकारी, उमेश देवकोटा, लालप्रसाद शर्मा, मनोजकुमार बराल, दिपेन्द्र अधिकारी, सलिना तामाङ बिरामी परेका हुन ।  उनीहरुले सेलरोटी, पुरी, तरकारी, अचार र दही खाएका थिए ।

    शुक्रबारदेखि नै उनीहरुमा पेट दुख्ने, सामान्य ज्वरो आउने समस्या देखिएको थियो । आइतबार रातिदेखिनै उनीहरू धमाधम अस्पताल भर्ना हुन थालेका हुन् । बिरामी भएका उनीहरूमा अत्यधिक झाडापखाला लाग्ने, वान्ता हुने, उच्च ज्वरो, पेट दुख्ने र टाउको दुख्ने समस्या देखिएको छ ।

    प्रसादीमा  कटहरको तरकारी नखानेहरू बिरामी नपरेका पाइएको स्थानीयवासी मनोजकुमार बरालले बताए। बरालको घरका तीन जना बिरामी परेका छन् । त्यसैगरी जमुना बस्नेतको घरमा दुई, सोही घरमा कोठा भाडामा लिएर बस्ने दुई, दीपेन्द्र अधिकारी, उनकी छोरी र छोरा तथा घरभाडामा बस्ने सलिना तामाङसहित चार, पूजा लगाउने घरका चार र भाडामा बस्ने दुई, उमेश देवकोटा, लालप्रसाद शर्मासहित अरु ५-६ जना छिमेकीहरु बिरामी परेका हुन् ।

    बिरामी परेकाहरूको अहिले  लालबन्दी स्थित मोडेल, सूर्योदय, सिटी केयर र गढीमाई अस्पतालमा उपचार भइरहेको छ


No comments:

Post a Comment