सर्लाहीको महिनाथपुरबाट सरकारी मोटरसाईकल चोरी
लोकतन्त्र समाचारदाता---
सर्लाही ,जेष्ठ ७
कोरोना भाईरसको त्रासका बिच सर्लाहीमा चोरीका घटनाहरु पनि बढेको छ । मौकाको फाईदा उठाउदै स्थानिय स्तरमा चोरी गर्ने एकक गिरोह नै सक्रिय भएका छन ।
सर्लाहीको धनकौल गाउँपालिका वडा न-४ का वडा अध्यक्ष भोगेन्द्र राय यादवको मोटरसाइकल चोरी भएको घटना सार्वजनिक भएको छ । चोरले बुधबार राती वडा अध्यक्ष यादवको घरबाट ना.१ ब ३९०७ नम्बरको सरकारी मोटरसाईकल चोरी गरेको स्थानीय राधेश्याम कुशवाहाले जनाएको छ ।
वडा अध्यक्ष यादवका अनुसार राती घर छेउको अर्को घरको बरण्डामा गाडी लगाएको र भोली पल्ट गाडी लगाएको घरमा कुनै समान लिन जाँदा सो ठाउँमा गाडी नदेखेपछि गाडी चोरी भएको थाहा पाएको हो ।
मोटरसाइकल चोरी भएको बारे जिल्ला प्रहरी कार्यालय मलंगवा र नजिकका प्रहरी चौकीहरुमा जानकारी गराई खोजि कार्यलाई तिब्र पारेको धनकौल ईलाका प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
No comments:
Post a Comment