Sunday, May 30, 2021
सचिप्रेम फाउन्डेसन सर्लाही द्वारा कोरोना प्रभावितहरुलाई निशुल्क भोजन गराइँदै
"मानवधर्मको लागि रगत,पसिना र आंशुमा हाम्रो साथ"भन्ने नाराका साथ कोरोना महामारीको बेला भोकमुक्त समाज निर्माण गरी कुनै जरुरतमन्द र गरिब एक दिन पनि भौकै रात नकाटोस् भने उद्देश्य लिएर भोजन वितरण सुरु गरेकोे फाउन्डेसनका अध्यक्ष एवं युवा समाजसेवी ईन्जिनियर सचित्र सहनीले बताउनुभयो ।फाउन्डेसनका भोलेन्टिएर अभिषेक यादव,राम बिनय प्रजापति, सचिन गुप्ता,अजय साह,अजय यादव,शक्ति सर्राफ ,सुरज गुप्ता ,बिबेकानन्द सहनी लगायतले बिरगंज स्थित बसपार्क, नारायणी हस्पिटल,र बिरगंज भन्सार तथा नगर भित्रका विभिन्न ठाउँहरुमा प्रत्येक दिन करिब २ सयदेखि ३ सय जना लक्षित व्यक्तिहरुलाई भोजन गराउँदै आएको फाउन्डेसनका अध्यक्ष सहनीले जानकारी दिए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment