Saturday, May 8, 2021

सर्लाहीमा करेन्ट लागेर एक बालकको मृत्यु





लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख २५

      सर्लाहीमा  विद्युत करेन्ट लागेर एक बालको मृत्यु भएको छ । जिल्लाको लालबन्दी नगरपालिकाको वडा न-१० को चन्द्रपुर बस्ने स्थानीय सुभास बरायलीको ११ वर्षीय छोरा  सुमन बरायलीको करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएका ।

    शुक्रवार साँझ करिब सवा ५ बजे आफ्नै घरमा टिभीको ज्याक जोड्ने क्रममा करेन्ट लागेर घाइते भएको अवस्थामा लालबन्दी स्थित गाउँ मैत्री अस्पतालमा उपचारको लागि लगेको र त्यहीँ उनको उपचारको क्रममा साँझ ६ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

     प्रारम्भिक अनुसंधान पूरा गरि बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

No comments:

Post a Comment