Wednesday, May 5, 2021

गर्मी बढे सँगै शरिरलाई सितलता प्रदान गर्ने फलफुल तथा पेय पदार्थको ब्यापार बढ्यो

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख २२

     गर्मी बढे सँगै तराई मधेशका जिल्लाहरुमा शरिरलाई सितलता प्रदान गर्ने फलफुल तथा पेय पदार्थको  व्यापार बढेको छ ।  यहाँ बजारहरुमा काँक्रो,खर्बुजा, सतुवा, सर्वत,कोल्डड्रिंक्स, लस्सी र आईसक्रिम लगायतका फलफुल तथा पेय पदार्थहरुको  व्यापार बढेको छ ।

    काँक्रो, खर्बुजा, सतुवा र लौकाको सेवनले शरिरमा पानीको अभाब हुन दिँदैन । यसले  शरिरमा सितलता प्रदान गर्ने एक स्वास्थ्यकर्मीले बताए । सर्लाहीको सदरमुकाम मलंगवासहित  जिल्लाका विभिन्न ठाउँका चौक चौरहाहरुमा ठेलाको  सतुवा लिएर बस्ने व्यवसायीहरुको संख्यामा पनि बृद्धी भएको देखिन्छ ।

    बैशाख, जेष्ठ महिनामा तराई मधेशमा निकै गर्मी हुने भएकोले  किसानहरु आफ्नो खेतबारीमा गर्मीमा धैरै बिक्रीहुने फलफुलहरु काक्रो, खर्बुुुजा र लौका लगााएतका तकारीहरु लगाउने गर्छन ।यसबाट राम्रै आम्दानी हुने गरेको किसानहरुको भनाई छ । 

   पछिल्लो समय सर्लाही लगायत तराई मधेशका जिल्लाहरुमा काँक्रो , खर्बुजा र लौकाको व्यवसायीक रुपमा खेति हुने गरेको सलेमपुरका एक  किसानले बताए ।

तर अहिले विश्वव्यापी फैलिएको कोरोनाको कारण  यसको बजार व्यवस्थापनमा समस्या हुने उनको भनाई छ । उनले बन्दका कारण सवारी आवगमन अवरुद्ध भएपछि सबै खर्बुजा र काँक्रा खेतमै कुहिने हो कि भन्ने चिन्ता व्यक्त गरे ।


No comments:

Post a Comment