सर्लाहीमा काेराेना संक्रमितको संख्या करिब १ हजार पुग्यो
लोकतन्त्र समाचारदाता---
सर्लाही ,जेष्ठ ८
दोश्रो लहरको कोरोना भाईरसको संक्रमनबाट सर्लाहीमा हालसम्म संक्रमित हुनेको संख्या ९०२ जना पुगेको छ भने मृतकको संख्या ३७ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय मलंगवाकाे तथ्यांक अनुसार सर्लाहीमा हालसम्म १५३७ जनाको पीसीआर प्रविधिबाट परिक्षण गर्दा ७८७ जना र ४२३ जनाको एन्टिजेन प्रविधिबाट परीक्षण गर्दा ११५ जना गरी जम्मा ९०२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गएको २४ घण्टामा २ जना संक्रमितहरुको मृत्यु भएको जिप्रका को तथ्यांकमा उल्लेख गरिएको छ ।
No comments:
Post a Comment