Tuesday, May 4, 2021

अपराधीक गतिविधि नियन्त्रण गर्न लालबन्दीमा CCTV क्यामेरा जडान

 





लोकतन्त्र समाचारदाता---

सर्लाही ,बैशाख २१

     पुर्व पश्चीम लोकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीको बिच बजारमा सिसिटिभि क्यामेरा जडान गरिएको छ । लालबन्दी नगरपालिका ७ को बिच बजारमा रहेको ट्राफिक प्रहरी चेक पोष्टमा सिसिटिभि क्यामेरा जडान गरिएको हो ।

     सधैं व्यास्त रहने चोकमा अपराधिक गतिविधि नियन्त्रण गर्ने,दुर्घटना न्युनिकरण गर्ने र कोरोना संक्रमण नियन्त्रण अभियानलाई थप सघाउँ पुर्याउने उद्धेश्य अनुरुप चोकमा सिसिटिभि क्यामेरा जडान गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले बताउनु भयो।  

   लालबन्दीकै विच बजारमा रहेको अतिव्यस्त मरिण चोकमा सिसिटिभि क्यामेरा जडान गरिएको र जसबाट सवारी दुर्घटना लगायतका विषयमा अनुसन्धान गर्न सहज हुने अस्थायी ट्राफिक प्रहरी पोष्ट लालबन्दीका प्रमुख असई सुबोध कुमार सिंहले बताउनु भयो । जसबाट दुर्घटना गरेर फरार हुने सवारी साधनहरुको अनुसन्धान गर्न थप मद्धत पुग्ने प्रहरीले जनाएको छ । 

  पछिल्लो समयमा दुर्घटना गरि सवारी साधनहरु फरार हुने सवारी साधनको खोज अनुसन्धान गर्न सहज हुने र अपराधिक गतिविधि न्युनिकरण गर्न सिसिटिभि क्यामेराले थप मद्धत गर्ने प्रहरीले जनाएको छ । मरिण चोकमा नाईट भिजन सिसिक्यामेरा जडान गरिएको हो ।

No comments:

Post a Comment