सशस्त्र प्रहरीद्वारा मलंगवाबाट अवैध चाँदी गहनाहरु बरामद
लोकतन्त्र समाचारदाता---
सर्लाही ,जेष्ठ ५
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाले सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित नेपाल भारत सिमा नजिकबाट ६४८ ग्राम अवैध चाँदीका गहनाहरु बरामद गरेको छ ।
बिओपी मलंगवाका प्रमुख सशस्त्र प्रहरी निरिक्षक शंकर दाहालका अनुसार मंगलबार अपराह्न ४:४० बजेको समयमा सशस्त्र प्रहरीको बिओपी मलंगवाको भन्सार सुरक्षा पोष्टबाट सशस्त्र प्रहरी नायव निरिक्षक जितेन्द्र कुमार साहको कमाण्डमा खटिएको ५ जना सशस्त्र प्रहरीको टोलीले मलंगवा न.पा वडा न-८ स्थित जिल्ला भन्सार कार्यालय पछाडीको खेतको बाटो हुँदै अवैध रुपमा भारतबाट नेपालतर्फ आउँदै गरेको ब्यक्तिलाई रोकेर चेक जाँच गर्न खोज्दा उक्त ब्यक्तिले आफुसँग ल्याएको पोका फालेर भारततर्फ भागेको र उक्त पोकाको चेक जाँच चाँदीका गहनाहरु बरामद भएको हो ।
उक्त पोकाबाट चाँदीका ४ जोडी चुरा,४ पिस लकेट,१ जोडी पाउजु,२ थान ब्रेसलेट,४ वटा सिक्री र ३६ वटा औंठी बरामद भएको बिओपी प्रमुख दाहालले बताएको छ ।
५८ हजार ३ सय ३३ रुपैयाँ मुल्यांकन गरिएको उक्त अवैध चाँदीका गहनाहरु आवश्यक कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाएको स.प्रहरी ब बिओपी मलंगवाले बताएको छ ।
No comments:
Post a Comment